२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगारको लागि भाषा परीक्षा सम्पन्न, ६९२ परीक्षार्थी अनुपस्थित (भिडियो सहित)

२८ भाद्र २०७८, सोमबार १२:५१

अनिल अधिकारी | भदौ २८, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरुको भाषा परीक्षा सम्पन्न गरेको छ । बिभागले तोकेको काठमाडौँका १६ परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण र अनुशासित रुपमा सम्पन्न भएको वैदेशिक रोजगार बिभागले जनाएको छ ।

भिडियो हेर्नुहोस् 


इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । जस मध्ये ७ हजार ९ जनाले प्रवेशपत्र पाएका थिए । प्रवेशपत्र प्राप्त गरेका ३ हजार ७२७ पुरुष र ३ हजार २८२ जना महिला मध्ये सोमबारको परीक्षामा ६९२ जना परीक्षार्थी अनुपस्थित भएको बिभागका निर्देशक तथा सूचना अधिकारी कमल ज्ञवालीले साझा सबाल मिडियालाई जानकारी दिएका छन् । 


परीक्षाको नतिजा २ देखि ५ दिनभित्रमा प्रकाशन गरेर १० देखी १२ दिन भित्र अन्तर्वार्ता लिने र असोज दोस्रो हप्तासम्म योग्यता पुगेका १ हजार ४ सय कामदारको सूची तयार गरि इजरायल सरकारलाई उपलब्ध गराउने विभागको तयारी रहेको ज्ञवालीले बताए । 

ज्ञवालीले भने 'परीक्षा दिएकाहरुको कपि सिरियल छ भने परीक्षामा सहभागीहरुको ओएमआर बिधिबाट कपि चेक हुने हुँदा दुई दिनमै नतिजा दिन सकिने सम्भावना छ ।' भाषा परीक्षा पछी के हुन्छ भन्ने प्रश्नमा ज्ञवालीको अनुसार परीक्षामा सहभागी भएका महिला र पुरुषले पाएको अंकको आधारमा १६८० जना अन्तर्वार्ताको लागि छनौट हुनेछन् । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छानिने छन् । अन्तर्वार्ताको क्रममा २८० जना बाहिरिने मध्ये ३० प्रतिशत पुरुष र ७० प्रतिशत  महिला पर्नेछन् । यसरी एक हजार ४०० जनाको नाम इजरायल सरकारलाई बुझाइनेछ । दुतावासले पाएको उक्त नाममध्ये कम्प्युटर प्रविधिबाटै ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गोलाप्रथा मार्फत छानिनेगरि ७०० महिला र ३०० पुरुष इजरायल रोजगारको लागि छनोट हुनेछन् । 

इजरायल सरकारले गोलाप्रथा गर्दा ४०० जना फालिने हुँदा इजरायल रोजगार प्रक्रियामा बजारमा भएको हल्ला जस्तो सजिलै आफ्नो मान्छे सेटिङ गरेर पठाउन सकिने अवस्था नभएको बिभागको दावी छ । 

सोमबार भाषा परीक्षा तीन तहको सुरक्षामा सम्पन्न भएको र बिभागले सबै केन्द्रबाट परीक्षार्थीहरुको कपी चिकित्सा शिक्षा आयोग सानोठिमीमा जिम्मा लगाएको ज्ञवालीले बताएका छन् ।


कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो । इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर (झन्डै १ लाख ९० हजार रुपैयाँ) छ । लागत शुल्क भने १ लाख ६५ हजार रुपैयाँ तोकिएको छ । टिकटको मूल्य कम भएमा तोकिएको अनुमानित लागत भन्दा कममा इजरायल जान पाइने विभाले जनाएको छ । इजरायल रोजगारमा छानिएका कामदारहरुले ५ वर्षसम्म काम गर्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो