2026-07-28 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार प्रहरीको लागि आएको मागपत्र रद्ध, छनोट भएका दुई सयले जान नपाउने (पत्र सहित)

भदौ ३१, काठमाडौँ | कतारस्थित नेपाली दूतावासले कतारको प्रहरी सेवामा कामदार भर्ना गर्न प्रमाणीकण गरेको मागपत्र रद्ध गरेको छ । कतारको आन्तरिक मन्त्रालयले नेपाली नागरिकको लागि दिईएको कोटामा अन्यत्रबाटनै पदपूर्ति गरिएको जानकारी दिएपछि कतार प्रहरी सेवाको मागपत्रबाट श्रमिक लिन नमिल्ने अवस्था आएको दूतावासले जनाएको छ ।

कतारस्थित नेपाली दूतावासले २९ अगस्ट २०२१मा २ सय नेपालीलाई कतार प्रहरीमा भर्ना गर्ने गरी अल तकित म्यानपावरका नाममा मागपत्र प्रमाणीकरण गरेको थियो, जुन अब रद्ध गरिएको छ । अल तकित म्यानपावरले कतार पुलिसमा लैजानको लागि अग्रिम रुपमा रकम अशुली गरेको विषय मिडियाहरुमा सार्वजनिक भएपछि कतारका सरोकारवालाहरुले यसमा ध्यानाकर्षण गरेको समेत बुझिएको छ । 

यस अघि २०७६ फागुनमा १६९ जना नेपालीलाई कतार प्रहरीमा भर्ना गराइएको थियो । त्यसबेला समेत चर्को अशुली भएको थियो । 

यस्तो छ दुतावासले पठाएको पत्र: 

 गत मंसिरमा मागपत्र प्रमाणीकरणनै नगरी केहि म्यानपावर कम्पनीहरुले अन्तर्वार्ता राखेपछि वैदेशिक रोजगार विभागले हस्तक्षेप गरेको थियो । त्यसबेला अन्तर्वार्ता लिनका लागि कतारका उच्च अधिकारीहरू समेत काठमाडौं आएका थिए । त्यसो त बिभागले छापा हान्ने क्रममा लाजिम्पाट स्थित होप इन्टरनेशनलमा नेपाल स्थित कतार दुतावासको गाडीनै भेटिएको थियो । 

यो पटक कतारको आन्तरिक मन्त्रालयले अल तौकेत ओभरसिजमार्फत दुई सय नेपालीलाई भर्ना गर्न डिमाण्ड प्रमाणीकरण गराईएको थियो, जसमा श्रम मन्त्रालयदेखि म्यानपावर हुँदै एजेन्टहरुको हालीमुहाली रहेको पाइए पछि संचार माध्यमहरुमा समाचार आएका थिए । त्यसो त लाजिम्पाट स्थित अल तौकेत ओभरसिजमा आएको डिमाण्ड लाजिम्पाटमै रहेको अर्को एक म्यानपावरको सेटिङमा आएको बताइएको छ । जसको लागि औपचारिकता पुरा गर्नको लागि मात्र गत साता अन्तर्वार्ता लिईएको तर पहिलेनै तय भएकाहरुलाई पठाउने गरि सेटिङ गरिएको थियो । यस सम्बन्धमा मिडियाहरुले समाचार लेख्दा श्रम मन्त्रालय र वैदेशिक रोजगार बिभाग मौन हुनुलाई शंकास्पद मानिएको छ । 

पछिल्लो पटक श्रम मन्त्रालयसमेत हेरेका प्रधानमन्त्री शेरबहादुर देउवाले मागपत्र प्रमाणीकरण गर्न भदौ ८ मा नेपाली दूतावासलाई निर्देशन दिएपछि कतार पुलिसको माग नेपाललाई प्राप्त भएको थियो । जुन मागलाई सम्बन्धित निकायहरुले आर्थिक चेलखेलमा परेर व्यवस्थित गराउन नसक्दा र निशुल्क आएको मागमा लाखौँ अशुली गरिएको जानकारी कतार सरकारलाई समेत प्राप्त भएको कारण माग रद्द गरिएको हुनसक्ने बुझिएको छ । कतार प्रहरीमा छनोट भएका युवासँग कुनै पनि शुल्क लिन नपाउने अवस्थामा कतार सरकारको सर्तविपरीत अल तौकेत ओभरसिज नेपालले करोडौं उठाएको समाचारहरु बाहिरिएका थिए । डिमाण्डनै रद्ध भएपछि अल तौकेत ओभरसिज मार्फत बिभिन्न एजेन्ट खडा गरि उठाइएको आर्थिक अशुली युवाहरुलाई फिर्ता गर्नुपर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ