डडेल्धुराको गांखेतमा रहेको दहगाड बिद्यूत आयोजना आर्थिक संकटमा

साझासवाल
1 Min Read

ललित बोहरा । साउन ३२, डडेल्धुरा | डडेल्धुराको गांखेत गाविसमा रहेको दहगाड जलबिद्युत आयोजना आर्थिक संकटमा रहेको छ । बिद्युत गृहको पावर हाउसमा समस्या देखिएकाले मर्मतका लागी कम्तिमा पनि ५० हजार रुपैया आवश्यक पर्ने देखिएको छ ।

आयोजना संग पाँच हजार रुपैया मात्र मौजदात रहेकाले मेसिन मर्मत गर्न सक्ने अवस्था पनि नरहेकले आयोजना आर्थिक संकटमा रहेको मंगलबार गरिएको जलबिद्युत आयोजनाको प्रथम साधारण सभामा व्यवस्थापन समितीका सचिव यज्ञबहादुर मल्लले जानकारी दिएका छन । गांखेत गाविसमा स्थापना गरिएको आयोजनाबाट त्यहाका दुई सय ३० घर धुरी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन । आयोजनाबाट थप ६० घरधुरीलाई छिट्टै बिद्युत सेवाबाट लाभान्वित गराउने लक्ष्य राखेको आयोजना आर्थिक संकटमा परेको हो ।

साधारण सभामा आयोजनाका व्यवस्थान समिती अध्यक्ष पे्रमबहादुर मल्लले गांखेत वासी सेवाग्राही एवं सरोकारवाला सम्पुर्णलाई खराबी आएको मेसिन मर्मत एवं अन्य स्थानमा लाईन विस्तारका लागी आवश्यक आर्थिक रकम जुटाउनमा सहयोग गर्न आग्रह गरेका छन । उनले छिटै आर्थिक रकम जुटाई अन्य स्थानमा पनि लाईन विस्तार गरिने बताएको स्थानीयहरुको भनाई छ ।

Share This Article
Leave a Comment

Leave a Reply