2026-06-19 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमान् विदेशमा: अवैध सम्बन्धबाट जन्मिएको शिशुको घाँटी निमोठीयो, श्रीमती जेल चलान

सीपी लोहिया/न्युज कारखाना | भदौ ३१, बैतडी | नवजात शिशुको घाँटी निमोठेर ह-त्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको ह-त्या गर्ने डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

माधवीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएसँगै कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले न्युज कारखानालाई जानकारी दिए । 

माधवीले यही ६ भदौमा अवैध सम्बन्धबाट गर्भ रहेर जन्मिएको शिशुलाई जन्मिने बितिक्कै घाँटी निमोठेर ह-त्या गरेकी थिइन् । त्यसपछि घरपरिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरेको थियो । 

महिला स्वास्थ्य स्वयंसेविकासमेत रहेकी माधवीलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीको अनुसन्धानपछि अदालतमा पेस गरिएको थियो । १० वर्षअघि वैदेशिक रोजगारीमा गएका माधवीका श्रीमान् उतै बेपत्ता रहेका प्रहरीले जनाएको छ । 

घरपरिवारबाट अलग बस्ने गरेकी माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्ध रहेको प्रहरीले जनाएको छ । अवैध सम्बन्धबाट माधवी गर्भवती भएपछि किशोरले माधवीसँगै विवाह गर्ने सहमति गरेका भएपनि ती किशोर हाल फरार रहेका छन् । माधवीको १३ वर्षीय एक छोरा पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ