भदौ १, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भोलि बिहीबारदेखि संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान सुरु गर्दैछ । यसक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भोलि बिहीबारदेखि संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान सुरु गर्दैछ । यसक"/>
2026-09-24 03:53 AM
काठमाडौँ - KTM

भोलिदेखि नेपालीहरुले आफ्नै जहाजमा दुबई उड्न पाउने

भदौ १, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भोलि बिहीबारदेखि संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान सुरु गर्दैछ । यसका लागि निगमले सबै तयारी पूरा गरेको बताएको छ ।

नेपालीको प्रमुख रोजगार गन्तव्य दुबईमा निगमले साताको तीन उडान गर्नेछ । निगमले झण्डै चार वर्षपछि फेरि दुबई उडान सुरु गर्न लागेको हो 

एक सय ५८ सिट क्षमताको ए-३२० एयरबसमार्फत दुबईमा उडान भर्ने तयारी भएको छ । काठमाडौंबाट आइतबार, मंगलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुने निगमले जनाएको छ ।

निगमले पाँच वर्षअघि दुबईमा हप्तामा चार उडान भर्ने गरेको थियो । नयाँ जहाज ल्याउन नसकिँरहदा भएका जहाज पनि ग्राउन्डेड हुने क्रम बढेपछि निगमले दुबइको उडान स्थगित गरेर बसेको थियो । 

नेपाल एयरलाइन्सले दुबई उडानबाट वाषिर्क एक अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । 

निगमकाअनुसार काठमाडौंबाट दुबई उडान अवधि चार घन्टा ४० मिनेटको हुन्छ । हवाइ यात्रा गर्दा दुबईबाट काठमाडौं आउन चार घन्टा १५ मिनेट समय लाग्छ । नेपाल एयरलाइन्सले अहिले क्वालालम्पुर, हङकङ, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्बई र दोहामा उडान गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी