2026-09-04 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगारीका लागि छानिए १६ सय नेपाली (नतिजा सहित)

असोज १०, काठमाडौँ | वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान भाषा परीक्षा पास गरेकाहरु मध्येबाट १६ सय जना अर्को चरणको लागि सिफारिस गरेको छ। विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १६ सय जना छनोट गरी नेपाल स्थित इजरायली दूतावासलाई छनौट नामावली बुझाएको छ । 

इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । जस मध्ये ६ हजार ३९७ जना लिखित परीक्षामा सहभागी भएकोमा १ हजार ३९५ जना महिला र ६ सय ४४ पुरुष गरि कुल २ हजार ३९ जनाले अंग्रेजी भाषा परीक्षा पास गरेका थिए । 

तिनैमध्ये अन्तर्वार्ताको लागि १८ सय ३ जना सहभागी भएका थिए । अन्तर्वार्ताबाट ११ सय २० जना महिला र ४८० जना पुरुष गरि १६ सय जना सिफारिस भएका हुन् । 

अब सिफारिसमा परेका १६ सयलाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ । 

नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुसारे (केयरगिभर)का लागि नेपाली सहायक कामदार पठाउन लागेको हो । यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जिटुजी मोडलबाट भएको छ । 

इजरायल नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्य मानिन्छ । इजरायल रोजगारमा जानेहरुले एक वर्षको करार अवधिको लागि जाने भएपनि ५ वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् । इजरायल जानका लागि अनुमानित १ लाख ६५ हजार ७०० लाग्ने अनुमान छ भने मासिक करिव १ लाख ९० हजार तलब प्राप्त गर्न सक्छन् ।

नतिजा हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै