2026-07-28 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडा पठाईदिने भन्दै ठगि गर्नेहरु ठगि गरेको पैसा निकाल्न गएकै अवस्थामा पक्राउ

असोज १२, काठमाडौँ | क्यानाडामा फुड प्याकेजिङमा काममा लगाई दिने भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरुमा मोरङ पथरीका नगेन्द्र बिश्वकर्मा र प्रवेज आलम रहेका छन् । 

झापाको कमल गाउँपालिका वडा नं. ६ घर भएर काठमाण्डौ बानेश्वरमा बस्दै आएका आशिष काफ्ले Carrer opportunity Urgent Need in Eden Solution Canada मा आएको विज्ञापनबाट ठगिएका छन् । पिडित काफ्लेले फेसबुकमा बिज्ञापन देखेर बिज्ञापनमै रहेको व्हट्सएप नम्वर +१३०७४८१६३१४ मा सम्पर्क गर्दा क्यानाडामा फुड प्याकिङको लागि २ लाख २५ हजारमा जागिर लगाई दिने प्रलोभनमा पारेर ठगि गरेको प्रहरीमा उजुरी दिएका थिए । काफ्लेलाई क्यानडाको लागि ४ लाख खर्च लाग्छ भनि पासपोर्ट समेतका कागजातहरु पठाउन लगाएर प्रोसेसिङको लागि सिटि एक्सप्रेसवाट विभिन्न व्यक्तिहरुको नाममा  रकम पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएको छ ।

काफ्लेले प्रहरीमा उजुरी दिएपछि ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुको बारेमा प्रहरीके अनुसन्धान सुरु गरेको थियो । यसै क्रममा प्रहरीले आईएमई तथा सिटि एक्सप्रेस मार्फत पठाएको रकम लिने काममा संलग्न नगेन्द्र बिश्वकर्मा र परवेज आलमको समेत संलग्नता रहेको बुझिन आएको थियो । 

प्रहरीले ठगीमा संलग्नहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङको सहयोग लिएको थियो । यस क्रममा असोज ८ गते दिउँसो मोरङको उर्लावारीमा रहेको कावेली रेमिटमा रकम निकाल्न गएको अवस्थामा नगेन्द्र बिश्वकर्मा र प्रवेज आलमलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेकाहरुलाई काठमाडौँ स्थित प्रहरी महाशाखामा ल्याई ठगी सम्वन्धि कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले अनुसन्धानको क्रममा पक्राउ पर्नेहरुले फेसवुक पेजमा झुठ्ठा विज्ञापन बनाई व्हाट्सएप नम्वर राखी प्रलोभनमा पारेर  विभिन्न व्यक्तिहरुको नाममा रकम पठाउन लगाई भौचरको फोटो समेत व्हाट्सएपमा पठा उन लगाई रकम निकाल्ने गरेको खुलेको छ । पक्राउ पर्नेहरुमध्ये एक मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका वडा नं. १० बस्ने ३६ बर्षका नगेन्द्र विश्वकर्मा छन् भने अर्को एक मोरङकै सुनबर्षी नगरपालिका वडा नं. ८ बस्ने ३७ बर्षका प्रवेज आलम हुन् ।

पछिल्लो समय बिभिन्न पेजमा नेपाल सरकारले अनाधिकृत बिज्ञापन देखिन थालेको छ । वैदेशिक रोजगारको प्रलोभनमा नेपाली युवाहरु निरन्तर ठगि गिरोहको चंगुलमा पर्ने गरेका छन् । वैदेशिक रोजगारको नाममा हुने ठगि नियन्त्रणमा वैदेशिक रोजगार बिभागको नेतृत्व मौन बसिदिंदा ठगि थप मौलाउने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ