२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाविरुद्धको लडाईं जित्दै कतार, प्रतिबन्धहरु फुकूवा

२०७८, १५ आश्विन शुक्रबार ०९:४४

असोज १५ , काठमाडौँ । कोरोना भाइरसविरुद्धको लडाईंमा सफलता पाउँदै गइरहेको कतारले विभिन्न क्षेत्रमा लगाएका प्रतिबन्धहरू क्रमशः हटाउँदै गएको छ । कतार सरकारको मन्त्रिपरिषद्को बैठकले आउँदो आइतबारबाट लागू हुने गरी प्रतिबन्धलाई थप खुकुलो बनाउने निर्णय गरेको छ । यहाँका स्थानीय समाचारमाध्यमका अनुसार सीमित क्षेत्रबाहेक अन्य अवस्थामा मास्क लगाउनु नपर्ने भएको छ ।

सरकारी निर्णयअनुसार मल, भिडभाड हुने स्थान, अस्पताल तथा विभिन्न सभा समारोह बाहेक मास्कको अनिवार्य प्रयोगलाई हटाइएको छ । फुड कोर्ट तथा होटेलहरू पचास प्रतिशत क्षमतामा खोल्न पाइने छ । सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारीहरू कार्यालयमै गएर काम गर्न सक्नेछन् भने संग्राहलय तथा पुस्तकालय पूर्णरूपमा खुला हुने भएको छ ।

प्रार्थनाका लागि सबै मस्जिदहरू खुला हुनेछन् भने सामाजिक दुरी कायम गर्नु पर्ने छैन । रेल तथा सरकारी सवारी साधन, कम्पनीका बसहरूले ७५ प्रतिशतले यात्रु तथा कामदार बोक्न पाउने छन् भने निजी सवारी साधनमा परिवारबाहेक चालकसहित ४ जना मात्र चढ्न पाइनेछ । सार्वजनिक स्थलहरू क्रोनेच, विच तथा पार्कहरूमा कोरोनाविरुद्धका दुबै डोज लगाएकाहरू ३० जनासम्म भेला हुन पाइने निर्णयमा उल्लेख गरिएको छ । यस्तै तारे होटेलका हलहरूमा ५० प्रतिशत क्षमतामा मानिस जम्मा हुन पाइने छ । ७५ प्रतिशत क्षमतामा ड्राइभिङ स्कुलहरू खोल्न पाइने छ ।

कतारमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमी आएको छ भने खोप लगाउनेहरूको संख्या ८० प्रतिशतभन्दा माथि रहेको छ । कतारमा हालसम्म २३ लाख ६ हजार ५ सय ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ भने २३ लाख ४ हजार ६७१ जनाले कोरोनालाई जितेका छन् । कोरोनाका कारण कतारमा कुल ६ सय ५ जनाको मृत्यु भएको छ भने १२ सय ८२ जनाको उपचार जारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन