५ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारद्वारा नेपालसहित दक्षिण एसियाका कामदारले पालना गर्ने नियम परिमार्जन

१९ आश्विन २०७८, मंगलवार ०६:०४

असोज १९ , काठमाडौं। कतारले नेपालसहित दक्षिण एसियाका देशबाट जाने कामदार लगायत यात्रुले पालना गर्नुपर्ने नियममा परिमार्जन गरेकोे छ ।  दक्षिण एसियाका देशबाट जाने कामदार लगायत यात्रुले पालना गर्नुपर्ने नियममा थप परिमार्जन गरेकोे हो । दूतावासले  नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लगायतका देशबाट कतार प्रवेश गर्दा पालना गर्नुपर्ने नियममा परिमार्जन गरेको जनाएको छ ।

कतार  प्रवेशका लागि मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षण गरेको ७२ घण्टाभित्रको नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्ने पुरानो नियम यथावत् राख्दै कतारले  नयाँ पनि तोकेको छ ।

नयाँ नियम अनुसार कतारमा पहिलोपटक प्रवेश गर्ने  विदेशी यात्रुले कतार सरकारले सञ्चालनमा ल्याएको वेबसाइटमा लगईन गरी पीसीआर परीक्षणको प्रमाणपत्र, खोप लगाएको प्रमाणपत्र र अन्य आवश्यक  कागजातहरु अपलोड गरि प्रि–रजिष्ट्रेशन गर्नुपर्ने दूतावासले जनाएको छ ।

मोबाइलमा इटेराज मोबाइल एप्लिकेशन अनिवार्य डाउनलोड गर्नु पर्ने भन्दै दूतावासले त्यसको लागि नेपालको सीमकार्डका पनि प्रयोग गर्न सकिने  दूतावासले जनाएको  छ ।

कतार सरकारले सिनोभ्याक,अस्ट्राजेनेका,फाइजर, , सिनोफर्म, मोडेर्ना,  स्पुत्निक भी र जोनसन एण्ड जोनसनलाई मान्यता दिएको छ । यसमध्ये जोनसन एण्ड जोनसन बाहेक अन्य खोपको मात्रा दुवै डोज लगाएको हुनुपर्ने बताएको  छ ।

खोपको मात्रा पूरा गरेको १४ दिन पूरा गरेपछि मात्र यात्रा गर्न सकिने र सशर्त स्वीकृत गरिएका सिनोभ्याक, सिनोफर्म र स्पुत्निक भीको मात्रा पूरा गरेका यात्रुको सेरोलोजी एण्टिबडी रिजल्टको पोजेटिभ रिपोर्ट अनिवार्य चाहिने बताइएको छ ।

कतार सरकारले मान्यता दिएका खोपको पूर्ण मात्रा लगाएको भए पनि दुई दिन होटल क्वरेण्टिनमा बस्नुपर्ने बताएको छ । खोप नै नलगाएका वा खोपको पूर्ण मात्रा नलगाएकाहरुलाई सात दिनसम्म अनिवार्य  होटल क्वरेण्टिनमा बस्नुपर्ने नियम लगाईएको छ । नेपाली दूतावासले कतार सरकारले स्वीकृत गरेका खोप नलगाएका नयाँ यात्रुलाई भने कतार प्रवेश नदिइने प्रबन्ध गरिएको  बताईएको छ ।

त्यसैगरी कतार प्रवेश गर्नुअघि यात्रुहरुले कतारको जनस्वास्थ्य मन्त्रालयको वेबसाइट वा सम्बन्धित एअरलाइन्सको अनलाइन बुकिङ फारममा उपलब्ध हुने प्रतिबद्धता पत्रमा विवरण भरी हस्ताक्षर गरेर यात्रा अवधिभर  साथमा बोक्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीआरआईबारे कांग्रेसको अडान- अनुदान भए ठीकै छ, ऋण कुनै हालतमा स्वीकार्य हुँदैन समयमै हवाई टिकट नपाएपछि गर्भमै शिशुको मृत्यु मुकेश अम्बानीलाई एलन मस्ककाे झट्का ! दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति उपचुनाव: माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा-२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध अदालत परिसरमा विषादी सेवन: रश्मिला धामी अचेत अवस्थामा, मट्टितेल पिएको अनुमान स्टार स्पोर्ट्ससँग गैरकानूनी सम्झौता गरेको भन्दै क्यानको निर्णयप्रति तीन संस्थाको आपत्ति न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने २४ वर्षीया युवती पक्राउ अदालत परिसरमा विष सेवनपछि रश्मिला धामी पक्राउ मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल? मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी आज बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो विराटनगर किंग्सको जर्सी सार्वजनिक संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै युइएफए नेसन्स लिग फुटबलमा जर्मनी क्वाटरफाइनल प्रवेश उप–निर्वाचन : आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै कर्णाली याक्सले छान्यो आइकोनिक प्लेयर्समा विपिन