२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलिया पठाईदिन्छु भनि १२ लाख ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ

२०७८, २० आश्विन बुधबार ११:५५

असोज २०, काठमाडौँ | डिपेन्डेण्ट भिषामा अष्ट्रेलिया पठाईदिन्छु भन्दै लाखौँ ठगि गरेर सम्पर्कबिहीन भएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ बिराटनगर १३ घर भई हाल काठमाडौँ १० मध्यबानेश्वर बस्ने ४१ बर्षीय मणि निरौला रहेका छन् । निरौलाले आफूलाई Queensland Education Foundation Pvt. Ltd. को सञ्चालक हुँ भनेर ठगि गरेको पाइएको छ । निरौलाले म्याग्दी मङ्गला ५ का २४ बर्षीय सुजन खत्रीलाई अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलियामा पठाइदिन्छु भनि प्रलोभनमा पारेर १२ लाख ठगि गरेका थिए । 

निरौलाले अष्ट्रेलिया पठाउनको लागि दिएको समय सकिएपछि फोन सम्पर्क गर्दा सम्पर्कमै नआई कन्सल्टेन्सी समेत बन्द गरी सम्पर्क विहिन बनेका थिए । पिडितको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौँले खोजतलास गर्ने क्रममा मंगलबार नयाँबानेश्वरमा पक्राउ गरेको थियो । निरौलालाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार काठमाडौँ पठाईएको महाशाखाले जनाएको छ । 

माथिको तश्वीरमा: ठगीमा संलग्न कन्सल्टेन्सी संचालक मणि निरौला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ