Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मलेसियामा एक नेपालीको मृत्यु

By साझासवाल

असोज २७, काठमाडौँ | वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाका धिरज राई रहेका छन् ।

मङ्गलवार आफ्नो दाजुको कोठामा गएको र खाना तथा मदिरा सेवन गरी राती सबै जना सुतेको बेला नशाकै तालमा उनीहरू बस्ने कन्डोमिनियमको माथिल्लो तलाबाट हाम फालेर मृत्यु भएको अनुमान गरिएको छ।

यद्यपि उनको के कारण मृत्यु भयो भन्ने पोस्टमार्टम पछि मात्र आधिकारिक रूपमा थाहा हुने बताइएको छ । उनी विगत ९ वर्षदेखि मलेसियाको क्वालालम्पुरस्थित एक कोरियन रेस्टुरेन्टमा कार्यरत रहेका थिए ।

मलेसियास्थित नेपाली दूतावासले भने घटनाबारे आवश्यक जानकारी लिने काम भइरहेको जनाएको छ ।