कमल रावल/भदौ २, अछाम । आर्थिक वर्ष २०७२।०७३ मा पनी वारला स्वास्थ्य चौकी खोप सेवामा उत्कृष्ट भएको छ । 

२"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/भदौ २, अछाम । आर्थिक वर्ष २०७२।०७३ मा पनी वारला स्वास्थ्य चौकी खोप सेवामा उत्कृष्ट भएको छ । 

२"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वारला स्वास्थ्य चौकी लगातार २ वर्ष प्रथम

२ भाद्र २०७३, बिहीबार १०:१२

कमल रावल/भदौ २, अछाम । आर्थिक वर्ष २०७२।०७३ मा पनी वारला स्वास्थ्य चौकी खोप सेवामा उत्कृष्ट भएको छ । 

२०७१।७२ मा पनि प्रथम भएको बारला यो वर्ष पनि पहिलो स्थानमा रहन सफल भएको छ । वारलाले एक प्रतिशत ९३ दशमलव ५ अंकका साथ प्रथम, ९२ प्रतिशतका साथ तुर्माखाद स्वास्थ्य चौकी दोस्रो, ९१ प्रतिशतका साथ कुन्तिवण्डाली स्वास्थ्य चौकी तेस्रो र बाटुलासैन र हिच्मा स्वास्थ्य चौकी समान ८४ दशमलव ५ अंकका साथ सान्तवना भएका छन भने बाकी ११ स्वास्थ्य चौकी यो वर्ष उत्कृष्ट १० वटा स्वास्थ्य संस्थामा पर्न सफल भएका छन । 

स्वास्थ्य विभिन्न सुचकहरु अनुसार पार गरि यि स्वास्थ्य संस्था उत्कृष्ट हुन सफल भएका हुन । यस्तै यसवर्ष सेवा दिने तर्फमा उत्कृष्ट स्वास्थ्य कर्मिमा कालिका स्वास्थ्य चौकीका ईञ्चार्ज मिन बहादुर चन्द, लयाटी स्वास्थ्य चौकीका अहेब मनोहर शर्मा, रहफ स्वास्थ्य चौकी अनमि गिता उपाध्याय, विरपथ स्वास्थ्य चौकी अहेश हरिपाल कामि, वयाला स्वास्थ्य चौकी अनमि शान्ति बिष्ट, महिला स्वास्थ्य स्वयम सेविकाको तर्फबाट कालागाउका डम्मर रेग्मी र पातलकोट स्वास्थ्य चौकीका कार्यालय सहयोगि मिरा विक सम्मानित हुनु भएको छ । 

यस्तै जिल्लामा राम्रो सेवा दिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय अछाममा कार्यरत डाक्टर अतुल भारद्धाज, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारका प्रमुख डाक्टर नविन चन्द भट्ट, मष्टामाण्डौका पुष्प बहादुर बुढ र बयालपाटा अस्पतालमा कार्यरत डाक्टर विशाल वेलवासेलाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो । 

यस्तै आर्थिक वर्ष २०७२।७३ मा जिल्लाका स्वास्थ्य संस्थाको सामाजिक परिक्षण सम्पन्न गरि उत्कृष्ट कार्यायोजना निर्माण गर्न सफल गरेकोमा सुदुर संचार समाज नेपाल रेडियो रामारोशनलाई सम्मान पत्रका साथ सम्मान गरिएको छ । स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुरयाउने थुप्रै स्वास्थ्य कर्मिलाई सम्मान गरिएको थियो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा