2026-09-25 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट फर्केर छाला व्यवसाय

सम्झना कार्की | असोज ३०, सिन्धुपाल्चोक | गाउँमै व्यवसाय गरेर पनि आर्थिक रुपमा सक्षम बन्न सकिन्छ भनेर उदाहरण दिएका छन् सिन्धुपाल्चोकका दीपक बोगटीले । सात वर्षअघि रोजगारीका लागि मलेसिया गएर फर्केका दीपकले अहिले गाउँकै दुई–तीन जनालाई रोजगारी समेत दिएका छन् । 

मेलम्ची नगरपालिका–५ सिन्धुकोटका बोगटीले छाला व्यवसाय सुरु गरेको एक वर्ष मात्रै भयो, तर व्यवसायबाट उनी सन्तुष्ट छन् । मलेसियमा सोचे जस्तो आम्दानी नभएपछि उनी नेपाल फर्किएका थिए । गाउँ फर्किएपछि के गर्ने भनेर केही वर्ष अल्मलिए । हुन त मलेसियामा कमाएको रकमले व्यवसाय गर्न पुग्दैन थियो । उनले केही रकम थपेर व्यवसाय गर्ने निर्णय भने गरिसकेका थिए । उनले भने, ‘अर्काको देशमा कति दुःख गरियो, कति संघर्ष गरियो, कति खटियो । जति गर्नु गरियो, अब आफ्नै देशमा केही गरिन्छ ।’

बाउबाजेले गाउँमै छाला उत्पादन गर्थे । उनीहरूले परम्परागत रुपमा गर्दै आएको पेशालाई व्यवसायका रुपमा चलाउने सोच बनाएको बोगटीको भनाइ छ । सोही कारण गाउँकै बालकुमार बस्याल भन्ने साथीसँग मिलेर व्यवसाय सुरु गरेको उनले बताए । व्यवसाययमा हालसम्म नौ लाख ५० हजार रुपैयाँ लगानी भएको उनले बताए । 

मासिक ५० हजारसम्म कमाइ

पहिला दर्ता नगरी घरैबाट काम गर्दा मासिक ५० हजार रुपैयाँसम्म कमाई हुने गरेको, तर महामारीले अहिले आम्दानी घटेको उनले बताए । ‘कोभिडले अब व्यवसाय बन्द नै हुन्छ होला जस्तो लागेको थियो, तर धेरै घाटा भएन,’ उनले भने, ‘सन्तुष्ट नै छौ ।’ 

पहिला छालाका सामान बेच्न विदेशीहरूकै आश गर्नु पथ्र्यो । सामानहरू काठमाडौंको ठमेल लानु पर्ने बाध्यता भएको उनले सुनाए । तर अहिले अहिले स्थानीय बजारमै सहजै बिक्री हुन थालेको छ । उनी मात्रै होइन सिन्धुकोटका अरु युवाहरू पनि छालाको व्यवसायमा आकर्षित भएका छन् । सिन्धुकोटमा ९० घरले अहिले यस्तै व्यवसाय सुरु गरेका छन् । ९० घरको उद्योग व्यवसायको अध्यक्ष बोगटी नै हुन् । 

परम्परागत रुपमा चल्दै आएको व्यवसाय अहिले आधुनिकिकरण गर्दै नयाँ मेसिनद्वारा सञ्चालन हँुदा झनै राम्रो उत्पादन हुने गरेको अर्का युवा व्यवसायी बालकुमार बस्यालले बताए । 

पहिला–पहिला बाजेहरूले हातले बनाउने गर्थे भने अहिले आधुनिक मेसिनद्धारा सामग्री उत्पादन गरिन्छ । सिन्धुकोट गाउँमा चारवटा उद्योग सन्चालनमा छन् । मेलम्ची छाला ब्याग उधोगमा छालाबाट बन्ने बिभिन्न सामग्री उत्पादन हुने गरेका छन् ।

परम्परागत तरिकाले छालाको सामान बनाउने पेशालाई आधुनिक मेसिनले विस्थापित गरेका छन् । मेसिनले बानाएका ब्याग, स्कुल ब्याग, ल्यापटप ब्याग, पर्स, बेल्ट लगायतका सामग्रीहरू घरैबाट बेचेर मेलम्ची नगरपालिका–५ का युवा राम्रो कमाइ गरिरहेका छन् । उनीहरूले नगरपालिका, स्थानीय सामाजिक संघसंस्था, वडा कार्यालयसँग समन्वय गरेर काम गरिरहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक