हात्तीको आक्रमणबाट कञ्चनपुरमा दम्पत्तिको मृत्यु

साझासवाल
1 Min Read

कात्तिक ३, कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट शुक्लाफाटा नगरपालिका–१२ कालागौडीका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मथुरा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेकै बेला मंगलवार राती हात्ती आएको हल्ला सुनेर घरबाट निस्किएर भाग्ने क्रममा हात्तीले कार्की दम्पतीलाई आँगनमै कुल्चेर मारेको कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले जानकारी दिए ।

‘मृतकको शरीरमा हात्तीले कुल्चिएको निलडाम देखिएको छ,’ डीएसपी न्यौपानेले भने । उनकाअनुसार घटनास्थल वरपर हात्तीका पाइला देखिएका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply