२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिममा बाढी पहिरोको वितण्डा: १३ जनाको मृत्यु, २८ वेपत्ता

२०७८, ३ कार्तिक बुधबार ०५:०७

मोहन जोशी | कात्तिक ३, धनगढी | आइतबारदेखि आएको वेमौसमी बर्षापछिको बाढी र पहिरोमा परेर सुदूरपश्चिममा १३ जनाको मृत्यु भएको  छ भने २८ वेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार डोटीका १०, डडेल्धुराका दुई र बैतडीका एक जना मृतकको सनाखत भएको छ । सनाखत भएकाहरुमा डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ नवलपुर बस्ने जोगी सार्की, ४२ वर्षीय शेरबहादुर विक, मोहन विक, पबित्रा विक, रबिन बिक रहेका छन् ।

घरमाथिबाट आएको पहिरोमा च्यापिएर उनिहरुको मृत्यु भएको प्रवक्ता चन्दले बताए । उनका अनुसार डोटीकै शिखर नगरपालिका–११ का ३६ वर्षीया मन्धरा बलायरको मृत्यु भएको छ । गोपघाट बजारबाट घर जाने क्रममा पहिरोसंगै आएको ढुंगाले लागेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

यसै गरी डोटीकै सायल गाउँ पालिका–५ गुरेनाडमरीका ५५ बर्षिय हिरूवा बिकको पनि पहिरोमा च्यापिएर मृत्यु भएको छ । सोही पहिरोमा परेर मृतक बिकका छोरा रमेश बिक र भतिजा भिम बिक घाईते भएका छन् । 

यसैगरी सायल गाउँपालिकाकै वडा नम्बर–६ स्थित मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जना मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर कुञ्जेडा र ११ वर्षीय आशिष कुन्जेडा छन् । 

अबिरल बर्षा पछि खसेको पहिरो घरमाथि पस्दा च्यापिएर डडेल्धुरामा  एक जनाको मृत्यु भएको छ । प्रवक्ता चन्दका अनुसार मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । डडेल्धुरामै खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका–३ की ६५ वर्षीय नर्मदादेवी शाहीको मृत्यु भएको प्रवक्ता चन्दले बताए । घरनजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको जनाइएको छ । 

अबिरल बर्षापछि खसेको पहिरो घरमाथि खस्दा बैतडीमा पनि १ जनाकाृ मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–५ बिष्टपाली बस्ने ७१ वर्षीया परुदेवी महरा रहेकी छन् । 

बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरो जाँदा २४ जना वेपत्ता भएका छन् । मंगलबार बिहान गएको पहिरोमा परेर ७ घर बगेका र २४ जना वेपत्ता भएका उनले बताए । बेपत्ता हुनेमा हाशुदेवी पार्की, आयुश पार्की, सिमाकुमारी पार्की, हिमाकुमारी पार्की, हर्कु सार्की, धनगिरी सार्की, सिता सार्की, परभास सार्की, भुमिका सार्की, सिरन्जिबि सार्की, ईश्वरा देवी सार्की, संदिप सार्की र सबिना सार्की रहेका छन् । सोही ठाउँका सरोज सार्की, सर्मिला कुमारी सार्की, पम्मा सार्की, सुवास सार्की, बिकाश सार्की, मदन सार्की, कलु सार्की, र एलिशा सार्की पनि बेपत्ता छन् । 

यसै गरी लगातारको बर्षा पछि आएको बाढीमा परी कैलालीमा चार जना बेपत्ता छन् । वेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर रहेका छन् । कर्णालीमा माछा मार्न जाँदा बगेर उनिहरु वेपत्ता भएका हुन् । यस्तै गोदावरी नगरपालिका–८ का गणेश आउजी खुटिया खोलाले बगाउदा बेपत्ता छन् । प्रहरी प्रबक्ता चन्दका अनुसार डोटीको सायल गाउँपालिका १ रोकाया गाउँ बस्ने ७४ वर्षीय बिरे रोका स्थानीय खोलाले बगाउँदा वेपत्ता भएका छन् । लगातारको बर्षाका कारण बाढी पहिरोमा परी डोटीमा तीन, डडेल्धुरामा दुई र बैतडीमा दुई जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो