2026-09-04 10:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका विदेशी श्रमिकको पनि स्वास्थ्य विमा अनिवार्य

कार्तिक ४, काठमाडौं । कतारले विदेशी श्रमिकको लागि पनि स्वास्थ्य विमा अनिवार्य गरेको छ । कतारको जनस्वास्थ्य मन्त्रालयले कानुन नं (२२), २०२१ का विषयमा स्पष्ट पार्दै कतारमा स्वास्थ्य विमाका सम्वन्धमा गरिएको नयाँ व्यवस्थाका बारेमा स्पष्ट पारेको हो । कतारका शेख तामिम विन हमाद अल थानीले हिजो सो नयाँ कानुन जारी गरेका हुन् । सो कानुन सरकारी गजेटमा प्रकाशित भएको ६ महिना पश्चात लागु हुनेछ ।

द पेनन्सुला कतारका अनुसार नयाँ कानुन अनुसार कतारमा कार्यरत सम्पूर्ण विदेशी श्रमिक तथा भ्रमण भिसामा आउनेहरुको समेत स्वास्थ्य विमा अनिवार्य गरिएको छ । सो विमा अन्तर्गत आधारभूत स्वास्थ्य सेवा प्राप्त हुने जनाइएको छ ।

नयाँ कानुनले रोजगारदातालाई उनीहरुसँग काम गर्ने श्रमिकहरुको विमा गर्नुपर्ने व्यवस्था गरेको छ । ति श्रमिकहरु विमा कम्पनी मार्फत जनस्वास्थ्य मन्त्रालयमा दर्ता हुनेछन् । विमामा दर्ता भएपश्चात ६ महिना पछि विमा कार्यान्वयनमा आउने समाचारमा जनाइएको छ । यसका बारेमा निकट भविष्यमा नै मन्त्रालयले थप जानकारी दिने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ