2026-06-19 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

कार्तिक ४, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नतिजा देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज जानकारी लिएपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले आफू श्रमजीवीका पक्षमा काम गर्न जिम्मेवारीमा आएकाले त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो । 

श्रम गर्ने श्रमिकको हकहित, रोजगार सिर्जना तथा रोजगारीमा रहेकाको सामाजिक सुरक्षाका निम्ति काम गर्ने र त्यसमा कर्मचारीका तर्फबाट सहयोगको अपेक्षा गरेको मन्त्री श्रेष्ठको भनाइ थियो । 

कार्यक्रममा मन्त्रालयका सहसचिव डन्डुराज घिमिरेले श्रममन्त्री श्रेष्ठलाई मन्त्रालयका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखको उपस्थिति थियो । 

यसैबीच श्रममन्त्री श्रेष्ठलाई तेक्वान्दो महासङ्घले आज सम्मान गरेको छ । महासङ्घका अध्यक्ष प्रकाश शम्शेर जङ्गबहादुर राणाले उहाँलाई सम्मान गर्नुभयो । यसैगरी आज नै वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष कमल तामाङलगायतले मन्त्रालयमा पुगेर श्रममन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन