२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिभिन्न देशबाट ६२ हजार नेपाली कामदारको माग, कुन देशबाट कति ?

१२ कार्तिक २०७८, शुक्रबार ११:४९

अनिल अधिकारी | कात्तिक १२, काठमाडौँ | कोरोना महामारीपछि खाडी लगायत नेपालीहरुको मुख्य गन्तव्य मुलुकहरु खुकुलो बन्दै गएपछि कामदारहरुको माग बढ्दै गएको पाइएको छ । गत असोजमा मात्र बिभिन्न मुलुकको लागि संस्थागत रुपमै ६२ हजार भन्दा बढी नेपाली कामदारहरुको माग भएको छ ।

गत असोज महिनामा मात्र बिभिन्न देशका दुई हजार भन्दा बढी रोजगारदाता कम्पनीहरुबाट ६२ हजार ५३ जना नेपाली कामदारहरुको माग भई आएको छ । माग गरिएकाहरुमा महिलाहरुको संख्या ६ हजार ३७३ जना रहेका छन् । 

बहराइन 

असोज महिनामा बहराइनको लागि बिभिन्न कम्पनिमा १८४ महिला कामदार सहित दुई हजार १२३ जना नेपाली कामदारहरुको माग आएको छ । गत असोजमा बहराइनको रोजगारको लागि धेरै माग ल्याउने म्यानपावरहरुमा त्रिभेणी एचआर, इजी ओभरसिज, प्रुडेन्सीयल ओभरसिज आदि रहेका छन् । 

साइप्रस

वैदेशिक रोजगार अन्तर्गत साइप्रसको लागि २१२ जना महिला र २८ जना पुरुष कामदारको माग आएको छ । साइप्रस रोजगारको लागि काठमाडौँ ओभरसिज, एप्स सर्भिस, क्राउन ओभरसिज लगायतले पुर्व स्वीकृति लिएका छन् । 

जापान

जापानको लागि बिभिन्न ४ म्यानपावर कम्पनीमा १७ जना पुरुष सहित १९ जना कामदारको माग आएको छ । जापानको लागि हिमालयन जब्स एक्सप्लोरर, ग्राण्ड सुइ आदी म्यानपावरले डिमाण्ड ल्याएका छन् ।

कुवेत

नेपालीहरुको आकर्षक गन्तव्य मध्येनै पर्ने कुवेतबाट ४८४ जना महिला कामदार सहित एक हजार ८४९ जना नेपाली कामदारको माग गरेको छ । कुवेतको लागि लिंक इन्टरनेशनल प्लेसमेन्ट, डिसेन्ट इम्प्लोइमेन्ट, शारोन म्यानपावर लगायत डिमाण्ड ल्याएका छन् ।

माल्दिभ्स 

वैदेशिक रोजगार अन्तर्गत संस्थागत रुपमै माल्दिभ्सको डिमाण्डको समेत वैदेशिक रोजगार बिभागले पुर्व स्वीकृति दिएको छ । गत महिनाको पुर्व स्वीकृति रेकर्ड अनुसार हेल्प ओभरसीस प्रालिले माल्दिभ्सको Horizon Fisheries Private Limited को लागि १०० जना महिला र ५० जना पुरुष गरि १५० जनाको डिमाण्डको पुर्व स्वीकृति निकालेको छ । म्यानपावरका संचालक प्रदिप दुवाडीले  बिगत देखिनै आफ्नो म्यानपावरले माल्दिभ्समा नेपाली कामदार पठाउदै आएको बताए । उनको अनुसार माल्दिभ्स रोजगारमा पठाउने क्रममा एकै पटक माग भएजति कामदार पठाउन नसके पनि रोजगारदाताले माग गरे बमोजिम एक पटक स्वीकृति निकालेर दुई बर्ष भित्र सोहि कोटामा कामदारहरु पठाउने गरिएको बताए । उनका अनुसार नेपाल सरकारले झन्झटिलो प्रक्रियाको कारण माल्दिभ्सबाट रोजगारदाताहरुले संस्थागत रुपमा नेपाली कामदार माग गर्दैनन् । कतिपय रोजगारदाताले नेपाली कामदारनै मन पराएर व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियाबाट मात्र कामदार माग्ने गरेका छन् । सरकारले प्रक्रिया सहज बनाइदिने हो भने माल्दिभ्सबाट संस्थागत रुपमै कामदार माग हुने डुवाडीको दावी छ । 


ओमान

गत असोज महिनामा मात्र ओमानबाट २७ जना महिला सहित ६९७ जना नेपाली कामदारहरुको माग भएको छ । ओमानको लागि आयुष ओभरसिज, गल्फ म्यानपावर लगायतले डिमाण्डको पुर्व स्वीकृति लिएका छन् । 

कतार 

वैदेशिक रोजगारमा जाने नेपालीहरुको प्रमुख गन्तव्य मध्य एक कतारमा गत महिना मात्र छ हजार ७५२ जना कामदारको माग भएको छ । जसमा २७४ जना महिला कामदार समेत माग भएको छ । कतारको लागि मुख्य गरि सान नेपाल, राज ओभरसीस, आरोही एचआर, मोभिरा रिक्रुटमेन्ट, रकि इन्टरनेशनल, ग्रिन तारा इन्टरनेशनल, निशान रिक्रुटमेन्ट सर्भिस, क्लासिक ओभरसिस लगायतले धेरै माग ल्याएका छन् । 

रोमानिया

वैदेशिक रोजगारको लागि संस्थागत रुपमा युरोपमा रोजगार अन्तर्गत रोमानियाको डिमाण्डहरु आउने गरेका छन् । रोमानियाबाट गत असोजमा ६० जना महिला सहित ३३० जनाको माग आएको छ । रोमानियाको लागि रावल इन्टर्नेशनल, बिएम ओभरसिसट्रस्ट नेपाल ओभरसिसले माग ल्याएका छन् । रोमानिया रोजगारको लागि एकै पटक धेरै माग आए पनि दुई बर्ष भित्र रोजगारदाताको माग अनुसार कामदार छनौट गरेर पठाउनु पर्ने हुँदा म्यानपावरहरुले एकै डिमाण्ड पटक-पटक विज्ञापन गर्नुपर्ने वाध्यता रहेको बताएका छन् । रोमानिया रोजगारमा जानको लागि नयाँ डिमाण्ड आए लगत्तै सम्बन्धित म्यानपावरहरुमा सम्पर्क गर्दा रोजगारको लागि अवसर पाउने सम्भावना हुन्छ । केहि म्यानपावरले भने एजेन्टबाट आएकाहरुलाई मात्र छिराउने गरेको गुनाशो प्राप्त हुने गरेको छ । 

साउदी अरेविया 

नेपालीहरुको मुख्य श्रम गन्तव्य मध्ये अर्को साउदी अरेवियामा गत असोजमा मात्र २४ हजार ४५० जना नेपाली कामदारहरुको माग आएको छ । जसमा माग भएका महिलाहरुको संख्या ७६ जना मात्र रहेको छ । साउदीको लागि पछिल्लो पटक धेरै संख्यामा कामदारको माग ल्याउने म्यानपावरहरुमा एसओएस म्यानपावर, ग्र्याण्ड शिखर ओभरसीस, क्राउन इम्प्लोइमेन्ट, अल  सहिद ओभरसिस, अक्सफोर्ड इन्टरनेशनल, लुलु इन्टरनेशनल, योङ म्यानपावर, स्काईवेज व्युरो, लक्की एचआर सोलुसन, मास ह्युमन रिसोर्स, फजल इन्टरनेशनल, लिंक इन्टरनेशनल प्लेसमेन्ट, ब्रिज स्काई इन्टरनेशनल आदी रहेका छन् । 

युएई

नेपालीहरुको मुख्य श्रम गन्तव्य मध्ये अर्को युएईबाट गत असोजमा झन्डै दुई सय डिमाण्डहरु स्वीकृत भएका छन् । कोरोना महामारी यताकै ठूलो संख्यामा नेपाली कामदारहरु युएईबाट माग भएका छन् । गत असोजमा मात्र युएईबाट २५ हजार ४३१ जना कामदारको माग भएका छन् । जसमा महिलाको माग समेत अन्य देशको तुलनामा धेरै छ । युएईबाट गत असोजमा मात्र ४ हजार ९५४ जना महिला कामदारहरुको माग भएको छ । 

युएईको लागि धेरै माग ल्याउने म्यानपावरहरुमा द रिभर ओभरसिज, मास ह्युमन रिसोर्स, स्टारिस एचआर, आर.वि ओभरसिज, अल सेक्वेर म्यानपावर, भिजन एण्ड भ्यालु ओभरसिज, एसिया लिंक सर्भिस, भ्रिन्दित सर्भिसेज, रसुवा ओभरसिज, तेन्दुली इन्टरनेशनल, इन्डिगो ओभरसिज, लाइफलाइन ओभरसिज, प्रफेक्ट रिक्रुटिङ सर्भिस, अन्जली ओभरसिज, आयुष ओभरसिज, एसओएस म्यानपावरसन लाइट ह्युमन रिसोर्स, गोर्खा ह्युमन रिसोर्स, सपोर्ट ह्युमन रिसोर्सेज, प्याराडाइज इन्टरनेशनल, नोकरी नेपाल रिक्रुटमेन्ट, सिखर इन्टरनेशनल आदी रहेका छन् ।

वैदेशिक रोजगारका डिमाण्डहरु बिभिन्न राष्ट्रिय दैनिक पत्रिकामा र विश्वभरीबाट 'वैदेशिक रोजगार' एप डाउनलोड गरेर सजिलै हेर्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो