कात्तिक १३, काठमाडौँ | नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाइएको छ ।

भिसाको अवधि भएकाले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वारेन्टाइन बस्ने गरी मलेसिया जान सक्नेछन् ।

मलेसियाले आवागमन नियन्त्रण लागु गरेदेखि नै दूतावासले स्थगित गरेको मागपत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन ।

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।

October 30, 2021
काठमाडौँ - KTM, बैदेशिक रोजगार
नयाँ श्रमिक मलेसिया जानेमा अन्योल, भिसाको अवधि भएकालाई खुला
By साझासवाल
2 मिनेट पढाइ