२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डडेल्धुरामा बस दुर्घटना, १० जना घाइते, २ गम्भीर

२०७८, १४ कार्तिक आईतवार ०४:०४

कात्तिक १४, डडेल्धुरा | डडेल्धुरामा बस दुर्घटनामा १० जना घाइते भएका छन् । आलिताल गाउँपालिका-१ स्थित घण्टेश्वर मन्दिर नजिक  ना८ख ६१३२ नम्बरको बस दुर्घटनामा परेको हो । 

बस दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको डडेल्धुरा प्रहरीले जनाएको छ । बस सडकबाट करिब १ सय मिटर तल खसेको हो।  बसमा  ३२ जना सवार रहेको र १० जना घाइते भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

डीएसपी नेपालका अनुसार  घाइतेलाई उपचारका लागि धनगढी लगिएको छ । दुई जनाको अवस्था गम्भीर छ ।

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-६ का ४५ वर्षीया बिर्मा  ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका-८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार-६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका-१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ