Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 15, 2021 राशिफल

हेर्नुहोस् आजको राशिफल: विष्णुको पूजाआरधना गर्नु उत्तम

By साझासवाल 11 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २९, काठमाडौं | आजको पात्रो :  २९ कात्तिक, सोमबार । तद्अनुसार १५ नोभेम्बर । कात्तिक शुक्ल हरिबोधनी एकादशी, तुलसीको विवाह गर्ने दिन, बराह क्षेत्रमा धार्मिक मेला । आजको दिन विशेषगरी जनबोलीमा ठूली एकादशीसमेत भनिन्छ ।

घरमा रहेको तुलसीको मठको सिँगार गरी विशेष पूजा आरधना गर्ने गरिन्छ । आजबाट भगवान विष्णु जागाँ हुने दिन हो । त्यसैले विष्णुका मन्दिरमा विशेषपूजा आरधना गर्ने गरिन्छ । साउन महिनाको एकादशीदेखि व्रत लिनेहरूले चार्तुमास व्रतको विशेष उपासना गर्ने दिन पनि हो ।

आजको चन्द्रमा मीन राशिमा छ । सूर्योदय बिहान ६ः२६ मिनेटमा र सूर्यास्त ५ः०९ मिनेटमा हुनेछ । आज उत्तरभाद्रपदा नक्षत्र रहेको छ । आजको दिन सबैभन्दा बढी महत्व भनेको व्रत नैं हो । आजको दिन उसिनेको पिडालु र सखरखण्ड चलन छ । मंसिर महिनाको धानको न्वागी खाने चलन छ । नयाँ चामल र दही,केरा राखेर बनाएको परिकार नैं न्वागी हो ।

आजको देवता वरुण र ग्रहदेव चन्द्र हो । आजको दिन कुनै नयाँ कामको थालनी गर्दा निकै शुभ मानिन्छ । आजको दिने तिथि, बार, नक्षत्र, योग र करण सबै हिसाबले निकै शुभ दिन मानिन्छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशी भएकालाई धनलाभ हुनसक्छ । आजको दिन श्रद्रा, भक्तिपूर्वक विष्णुको आरधना गर्नुहोला । व्यापारव्यवसायबाट पनि लाभ हुनेछ । दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दासमेत सुख मिल्नेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपार्इँले आजको दिन विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । मन प्रसन्नता छाउने छ । धन र स्वास्थ्यलाभ हुनेछ । तपार्इँलाई शत्रुले समेत सम्मान गर्नेछन् । आजको दिन आयभन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु निकै शुभ मानिन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछ । सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने दिन कष्टकर हुनेछ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज हरेककुराका सकारात्मक सोच राख्नु भएमा तपाईँ खुसी हुनसक्नुहुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन तपार्इँको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशी भएकाहरूले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपार्इँको लागि हानि हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्राका लागि समस्या आउनसक्छ । नयाँ बस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलताप्राप्त हुनेछ । मित्रमण्डलीसँग विवाद हुनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाले आजको दिन कसैसँग विवाद नगर्नु नैं बेस हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईँले आजको दिन सुुरु गरेको काम सफल हुनेछ । व्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने सम्भावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ । यस्तो अवस्थामा यात्रा गर्नुभन्दा पहिले कहाँ, कसरी र किन जानभन्ने प्रश्न आफूमाथि राखेर नैं यात्राको प्रारभ्म गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानीभन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईँको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । अनावश्यक समस्या समेत आउनसक्ने सम्भावना छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनलाभ हुनेछ । ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन बिहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । आजको दिन विष्णु आरधनामा समय विताउदा मन, धन र तन शान्ति हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईँले विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन विष्णुको आरधनाले तपाईँलाई मनमा हर्ष छाउनेछ । सम्मानका कारण मनमा हर्ष हुँदा कही आर्थिक हानी हुने सम्भावना पनि छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा प्रसन्नता छाउने छ । आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । आजको दिन तपार्इँले आफ्नो व्यापारबाट यथोचित लाभ लिन सक्नुहुनेछ । तपार्इँले प्राप्त गरेको धनलाई केही अध्यात्म र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

चन्द्रमाको साथ भएकाले मीन राशी भएकाकोे दिन सोचेको काम पूरा हुनेछ । अध्ययनको क्षेत्रमा सफलता प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । नयाँ वस्त्र र आभुषण समेत प्राप्त हुनेछ । आजको दिन मीन राशी भएकाले व्रत र भगवान विष्णुको आरधना गर्नभएको छ भने विशेष फल प्राप्त हुनेछ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्नसक्नुहुनेछ ।