२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपालीले कहिलेदेखि पाउँछन् इ-पासपोर्ट ?

२०७८, ७ मंसिर मंगलवार १२:०७

मङ्सिर ७, काठमाण्डौ | विदेशमा रहेका नेपालीहरुले माघदेखि ई-पासपोर्टको आवेदन दिन पाउने भएका छन् । राष्ट्रिय परिचय प्राप्त गरेकाहरुले मात्र नयाँ बिध्युतिय राहदानी पाउने बताइए पनि विदेशमा रहेकाहरुले राष्ट्रिय परिचयपत्र नभएपनि ई-पासपोर्टको लागि सम्बन्धित देशको नेपाली नियोगबाट आवेदन दिन पाउनेछन् । 

ई-पासपोर्ट बनाउन चाहनेले राहदानी विभागको वेबसाइटमार्फत विद्युतीय राहदानीको लागि बुकिङ खुला भईसकेको छ । फारम जति छिटो भर्यो त्यसै अनुसार छिटो पालो आउनेछ । तत्काल पासपोर्ट आवश्यक हुनेहरुले एमआरपी पनि लिन पाउछन् ।


मङ्सिर १ गतेदेखि काठमाडौँको राहदानी बिभागबाट ई-पासपोर्ट परीक्षणको क्रममा छ । हाल राहदानी बिभागबाट मात्र ई-पासपोर्टको लागि निवेदन दिन सकिन्छ । मङ्सिर १५ पछि क्रमिक रूपमा जिल्ला प्रशासन कार्यालयबाट तथा तोकिएको इलाका प्रशासन कार्यालयहरूबाट ई-पासपोर्टको आवेदन दिन सकिन्छ ।

ईपासपोर्ट बनाउनको लागि नेपालमा रहेकाहरुले राष्ट्रिय परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने बताइएको छ । तर १६ बर्ष मुनिका उमेर भएकाहरुलाई र विदेशबाट निवेदन दिनेहरुलाई राष्ट्रिय परिचयपत्र आवश्यक पर्दैन । ई-पासपोर्ट निर्माणको लागि आवश्यक भनिएको राष्ट्रिय परिचयपत्र बनाउनको लागि तत्काल समय लागेपनि राष्ट्रिय परिचयपत्र नम्बर तुरुन्त पाउन सकिने र सोहि नम्बरको आधारमा राहदानी बनाउन सकिने राहदानी विभागले जनाएको छ ।

विदेशमा रहेकाहरुले आफू सँग रहेको एमआरपी पासपोर्टको म्याद सकिएमा मात्र ई-पासपोर्टको आवेदन दिन सक्छन् अन्यथा एमआरपीले पनि काम गर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो