2026-09-25 12:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोमानियाको कामदार भिसामा नेपालीहरु जान पाउने

मंसिर १०, काठमाडौं | रोमानियाको कामदार भिसामा नेपालीहरु जान पाउने व्यवस्था लागु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरुले नेपालबाटै भिसा आवेदन गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् । 

वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपाली कामदारको भिसा प्रक्रियाका लागि हाल भारतको राजधानी नयाँ दिल्ली जानुपर्ने बाध्यता रहेको छ । भिसा प्रक्रियाका लागि लामो समय नयाँदिल्लीमा बस्नुपर्दा लागतसमेत अनावश्यक रूपमा बढ्ने गरेकोे छ । 

बिहीबार शिष्टाचार भेटमा आएका नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनसँगको कुराकानीमा मन्त्री श्रेष्ठले उक्त आग्रह गरेकोे मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–रोमानियाबीचको आपसी सम्बन्ध र दुई पक्षीय चासोका साथै रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरुले भिसा प्रक्रियाका बारेमा छलफल भएको थियोे । 

पछिल्लो पाँच वर्षमा  नेपालबाट  ७ हजार ६ सय १८ जना रोमानिया गएका छन् । रोमानियाका लागि गत असोज महिनामा २ सय ९ जना र कात्तिकमा २ सय ५० जनाको श्रम स्विकृति भएको छ ।

मन्त्री श्रेष्ठले नेपालबाट रोमानिया जाने नेपालीको संख्या बढिरहेको भन्दै रोमानियाको रोजगारीप्रति नेपालीको चासो बढेको बताएका थिए । नेपालले रोमानियासँग श्रम सम्झौता गर्न चाहेको र नेपालले पठाएको श्रम सम्झौताको मस्यौदामा रोमानिया सरकारले सकारात्मक प्रतिक्रिया जनाएकोमा धन्यवाद व्यक्त गर्दै मन्त्री श्रेष्ठले नेपाल रोमानियासँग आपसी समझदारीमा काम गर्न ईच्छुक रहेको जानकारी दिएका थिए ।

नेपाल र रोमानियाबीच सन् १९६८ मा द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक