२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रदेश मन्त्री सिंहले भने- ममाथि नै आक्रमणको प्रयास भएको थियो, तर समाचार एकपक्षीय आयो

२०७८, १५ मंसिर बुधबार ०६:५७

मंसिर १५, सर्लाही | प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले एक दैनिक पत्रिकामा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । मन्त्रीको अंगरक्षकको आतंक भन्ने शीर्षकमा आएको समाचारमा आफ्नो आपत्ति रहेको उनले बताएका हुन् ।

‘मसँग कुरा नै भएको छैन तर मेरो भनाइ राखिएको छ,’ मन्त्री सिंहले भने, ‘समाचार एकपक्ष छ किनकि त्यहाँ दिएको जानकारी नै गलत छ ।’ उनले आफ्नो अंगरक्षकको नाम रामचन्द्र महतो नरहेकोसमेत प्रस्ट्याए ।

सर्लाहीको क्षेत्र नम्बर ४ स्थित प्रदेश १ अन्तर्गतको सम्पूर्ण वडामा निर्वाचन भइसकेको समेत मन्त्री सिंहले बताए । ‘मेरो प्रदेशअन्तर्गतका सम्पूर्ण वडामा शान्तिपूर्ण रूपमा निर्वाचन भइसकेको छ । केही असन्तुष्ट पक्ष आफ्नो हारलाई स्वीकार गर्न नसक्दा मलाई विभिन्न आरोप लगाउने र मेरो बदनामी गर्ने कार्यमा जुटेका छन्’, मन्त्री सिंहले भने । उनले आफू छिट्टै प्रदेश क्षेत्र र क्षेत्रको अधिवेशन गर्न प्रयास गरिरहेको बताए ।

उनले बलरा नगरपालिकामा अधिवेशन हुँदा एक मतदान अधिकृत कुटिएको र अर्का एक मतदान अधिकृत बेपत्ता भएकोसमेत बताए ।

‘अधिवेशनमा कठिनाइ भयो भन्ने थाहा पाएपछि कार्यकर्ताको आग्रहमा म त्यहाँ पुगेको हुँ । ममाथि नै आक्रमणको प्रयास भएको थियो । तर, समाचारमा एकपक्षीय रूपमा गलत सूचना सम्प्रेषण गरियो’ मन्त्री सिंहले भने । उनले यसै सातामा क्षेत्रीय अधिवेशन सक्ने तयारीमा आफूहरूरहेको समेत प्रस्ट्याए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ