पढ्न करिब 2 मिनेट लाग्छ

सम्राट सिंह/भदौ ४, बझाङ । बिगत ७ बर्षदेखि बझाङ जिल्लाको बिमानस्थलमा जहाज आउन छोडेपछि खेलमैदानमा परिणत भएको छ ।

जिल्लामा खेलमैदानको अभाव भएको र बिमानस्थल उपयोग नभएकाले जिल्ला स्तरिय खेलहरु हवाइ मैदानमा संञ्चालन हुने गर्दछन । जिल्लामा हुने गरेका राष्ट्रपती रनिङ सिल्ड देखि स्थानिय युवा क्लवहरुले चाडपर्वको अवसरमा आयोजना गरेका भलिबल,फुटबल, क्रिकेट लगायतका खेलहरु बिमानस्थलमै संञ्चालन हुने गरेका छन ।

बिमानस्थलमा जहाज नआएपनि नागरिक उड्ययन कार्यालयका २ जना कर्मचारी ७ बर्षदेखि विमानस्थल र कार्यालयको चौकिदारी गरिरहेको छन । लामो समयसम्म बिमानस्थल बन्द भएर गौचरणमा परिणत हुँदा समेत जिल्लाबाट प्रतिनिधित्व गर्ने ५ वटा सांसदहरुले पनि बिमान स्थल संञ्चालन गर्न पहल नगरेको स्थानिय कलक धामीले बताए । साताको २ दिन धनगढीबाट बझाङ नियमित उडान राखेर राज्यले बिमान स्थल संञ्चालन गर्नुपर्ने उनको भनाई छ ।

जहाज आउन थालेपछि नागरिक उड्ययन कार्यालय र नेपाल बायुसेवा निगमका कार्यालयले जिल्ला छोडेको छ । जहाज आउन छोडेपछि विमानस्थलको रेखदेख नहुँदा घेरवार र बिमानस्थलमा बनेको नागरिक उड्ययन कार्यालयको भवन पनि प्रयोग नहुँदै भत्किन थालेको छ ।

लामो समय सम्म बन्द रहेको बिमानस्थल राज्यले तत्काल संचालन गर्नुपर्ने स्थानिय दिल बहादुर धामीले बताए । उनले भने जिल्लामा धेरै पर्यटकिय स्थलहरु छन पर्यटकिय स्थलको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकका लागि र जिल्लाबासीका लागि पनि बिमानस्थल नियमित उडान आवश्यक छ ।

लामो समय सम्म जहाज आउन छोडेपछि विमानस्थलमा कहिले बालबालिका खेलिरहेका हुन्छन,कहिले गाई गोरु चरिरहेका हुन्छन भने कहिले महिलाहरु घाँस काटिरहेका हुन्छन ।

जहाज नआएपनि बिहान ४ बजेदेखि बेलुका ७ बजे सम्म कार्यालय र बिमानस्थलको चौकिदारी गरिरहेको नागरिक उड्ययन कार्यालयका कार्यालय सहयोगी खडक नेपालीले बताए ।

बझाङबासीले पटक पटक बिमानस्थल सुचारु हुनुपर्ने माग राख्दै आएको भएपनि सरकारले भने उडान संञ्चालन गर्नका कुनै चाँसो देखाएको छैन ।

२०३४ सालदेखि संञ्चालनमा रहेको नेपाल वायुसेवा नियमले नेपालगञ्ज,बझाङ र धनगढी साताको २ दिन नियमित उडान राखेको थियो । बझाङ भएर तिब्बतको मानासरोबर र साइपाल हिमाल जाने बाटो छोटो हुँदा बझाङ बिमान स्थललाई सरकारले संञ्चालनमा ल्याउन सके राज्यको आर्थिक आम्दानीमा ठूलो टेवा पुग्नेछ ।