सम्राट सिंह/भदौ ४, बझाङ । बिगत ७ बर्षदेखि बझाङ जिल्लाको बिमानस्थलमा जहाज आउन छोडेपछि खेलमैदानमा परिणत भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ ४, बझाङ । बिगत ७ बर्षदेखि बझाङ जिल्लाको बिमानस्थलमा जहाज आउन छोडेपछि खेलमैदानमा परिणत भएको छ । 
२४ मंसिर २०८२, मंगलवार
अर्थ/विकास

जहाज आउन छोडेपछि बिमानस्थल खेलमैदानमा परिणत

४ भाद्र २०७३, शनिबार ०३:००

सम्राट सिंह/भदौ ४, बझाङ । बिगत ७ बर्षदेखि बझाङ जिल्लाको बिमानस्थलमा जहाज आउन छोडेपछि खेलमैदानमा परिणत भएको छ । 

जिल्लामा खेलमैदानको अभाव भएको र बिमानस्थल उपयोग नभएकाले जिल्ला स्तरिय खेलहरु हवाइ मैदानमा संञ्चालन हुने गर्दछन । जिल्लामा हुने गरेका राष्ट्रपती रनिङ सिल्ड देखि स्थानिय युवा क्लवहरुले चाडपर्वको अवसरमा आयोजना गरेका भलिबल,फुटबल, क्रिकेट लगायतका खेलहरु बिमानस्थलमै संञ्चालन हुने गरेका छन । 

बिमानस्थलमा जहाज नआएपनि नागरिक उड्ययन कार्यालयका २ जना कर्मचारी ७ बर्षदेखि विमानस्थल र कार्यालयको चौकिदारी गरिरहेको छन । लामो समयसम्म बिमानस्थल बन्द भएर गौचरणमा परिणत हुँदा समेत जिल्लाबाट प्रतिनिधित्व गर्ने ५ वटा सांसदहरुले पनि बिमान स्थल संञ्चालन गर्न पहल नगरेको स्थानिय कलक धामीले बताए । साताको २ दिन धनगढीबाट बझाङ नियमित उडान राखेर राज्यले बिमान स्थल संञ्चालन गर्नुपर्ने उनको भनाई छ । 

जहाज आउन थालेपछि नागरिक उड्ययन कार्यालय र नेपाल बायुसेवा निगमका कार्यालयले जिल्ला छोडेको छ । जहाज आउन छोडेपछि विमानस्थलको रेखदेख नहुँदा घेरवार र बिमानस्थलमा बनेको नागरिक उड्ययन कार्यालयको भवन पनि प्रयोग नहुँदै भत्किन थालेको छ ।  

लामो समय सम्म बन्द रहेको बिमानस्थल राज्यले तत्काल संचालन गर्नुपर्ने स्थानिय दिल बहादुर धामीले बताए । उनले भने जिल्लामा धेरै पर्यटकिय स्थलहरु छन पर्यटकिय स्थलको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकका लागि र जिल्लाबासीका लागि पनि बिमानस्थल नियमित उडान आवश्यक छ । 

लामो समय सम्म जहाज आउन छोडेपछि विमानस्थलमा कहिले बालबालिका खेलिरहेका हुन्छन,कहिले गाई गोरु चरिरहेका हुन्छन भने कहिले महिलाहरु घाँस काटिरहेका हुन्छन ।  

जहाज नआएपनि  बिहान ४ बजेदेखि बेलुका ७ बजे सम्म कार्यालय र बिमानस्थलको चौकिदारी गरिरहेको नागरिक उड्ययन कार्यालयका कार्यालय सहयोगी खडक नेपालीले बताए । 

बझाङबासीले पटक पटक बिमानस्थल सुचारु हुनुपर्ने माग राख्दै आएको भएपनि सरकारले भने उडान संञ्चालन गर्नका कुनै चाँसो देखाएको छैन । 

२०३४ सालदेखि संञ्चालनमा रहेको नेपाल वायुसेवा नियमले नेपालगञ्ज,बझाङ र धनगढी साताको २ दिन नियमित उडान राखेको थियो । बझाङ भएर तिब्बतको मानासरोबर र साइपाल हिमाल जाने बाटो छोटो हुँदा बझाङ बिमान स्थललाई सरकारले  संञ्चालनमा ल्याउन सके राज्यको आर्थिक आम्दानीमा ठूलो टेवा पुग्नेछ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की