२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा १५ वर्षका युवाहरुलाई पनि काम गर्न पाउने, यस्तो छ कानुन

१८ मंसिर २०७८, शनिबार ०६:०२

एजेन्सी | दुबईमा १५ वर्षका युवाहरुलाई पनि काम गर्न पाउने कानुन निर्माण हुने भएको छ। तपाई युएई निवासी एक युवा हुनुहुन्छ ? अब तपाईको शिक्षा पूरा गर्दा १५ वर्षमै कामको अनुभव प्राप्त गर्न पाउने अधिकार हुने भएको हो। दुबईमा नयाँ श्रम कानून चाँडै लागू हुँदैछ । जसले १५ वर्ष उमेरका व्यक्तिहरूलाई यूएईको निजी क्षेत्रले कसरी रोजगारी दिन सक्छ भन्ने विवरण प्रदान गर्दैछ ।  

श्रम सम्बन्धको नियमन सम्बन्धी २०२१ को संघीय डिक्री–कानून नम्बर ३३ को धारा ५ ले ’किशोरहरूको रोजगारी’ को विषयलाई समेट्ने बताइएको छ । जहाँ यसले १५ वर्षभन्दा कम उमेरका कामदारहरूको भर्तीलाई स्पष्ट रूपमा निषेध गरेको । 

तर, १५ वर्ष वा सोभन्दा माथिका लागि  त्यहाँ केही कामका अवस्थाहरू भने नयाँ कानुनले व्यवस्था गरेको छ । जुन युवा मानिसहरूको रोजगारीका लागि आवश्यक छ । सीमित कामको अबधि र उनीहरूलाई खतरनाक वा कडा काममा लगाउन नपाइने सर्तसहितको नयाँ कानुन बन्दै छ ।  

१५ वर्षको उमेर नपुगेको कुनै पनि व्यक्तिलाई काममा लगाउन निषेध गरिनेछ । किशोरको रोजगारी निम्नमा सशर्त लागू हुने छन् । किशोरको अभिभावक वा अभिभावकबाट लिखित सहमति समेत चाहिने नयाँ युवाहरुका लागि रोजगारी सृजना हुने छ । 

 चिकित्सा संस्था द्वारा जारी आवश्यक कामको लागि मेडिकल फिटनेसको प्रमाणपत्र समेत उपलब्ध गराउन पर्ने हुन्छ । कामको वास्तविक घण्टा दिनको छ घण्टा भन्दा बढि काम नलाउन पाइदैन र त्योभन्दा बढी समय काम गर्ने क्षेत्रमा रहेमा एक वा बढी ब्रेकद्वारा कामलाई व्यवस्थित गरिने  छ । जुन कुल मिलाएर एक घण्टाको हुनेछ । कुनै पनि किशोरले लगातार चार घण्टाभन्दा बढी काम नगर्ने गरी यस्तो विश्राम (हरू) मिलाइनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो