2026-09-25 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीको प्रलोभनमा ओमानमा फसेका महिलाको उद्वार

कमल बिक्रम जिसी, मंसिर २२, काठमाडौं | वैदेशिक रोजगारीको  प्रलोभनमा ओमानमा फसेका महिलाको उद्वार गरिएको छ । रोजगारीको नाममा विभिन्न प्रलोभनमा पारी नेपाली महिला तथा किशोरीहरुलाई आकर्षक कमाइ हुने भनी भारत हुँदै खाडी मुलुक पुर्‍याउने बिचौलियाहरुको सक्रियता बढ्दै  गएको छ। निकै सोझा र केही नजान्ने महिला तथा किशोरीहरुलाई जोखिमपूर्णरुपमा भारत हुँदै इराक, ओमान जस्ता देशमा लैजाने गरेको पाइएको छ । 

यसैबीच आफन्त नेपालले आइतबार र सोमबार गरी ७ जना महिलालाई कृष्णनगर सीमाबाट उद्धार गरेको छ । उद्धार पश्चात् ती महिलाहरुलाई सोधपुछ तथा परामर्श गर्दा इराक र ओमान जान लागेको खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उद्धार गरिएकाहरु विभिन्न जिल्लाका महिला तथा किशोरीहरु थिए । 

२० वर्षदेखि ४० वर्षका महिलाहरुलाई अनेकौ प्रलोभनमा पारी विभिन्न बिचौलीयाहरुको माध्यम र प्रयोगबाट भारत लाने र त्यहाँबाट तेस्रो मुलुक पठाउने गरेको खुल्न आएको छ । सोधपुछको क्रममा पूरा नाम समेत थाहा नभएको तर काठमाडौंमा बस्ने भिम नाम गरेको व्यक्तिले पठाएको पीडितहरुले प्रहरीसमक्ष बयान दिएका छन् । 

रहर होईन बाध्यता 

गरिबीले थिचोमिचो बनाएको जीवन, कयौंको श्रीमानको सहायता नहुँदा र घरमा राम्रो सल्लाह सुझाव दिने व्यक्ति नहुँदा यस्ता घटना हुने गरेको आफन्त नेपालकी बोर्डर इन्चार्ज जेनिसर सुनारीले हामीलाई  बताइन् ।शंस्कास्पद भएका व्यक्तिहरुको विभिन प्रमाणहरु भएपनि पीडित पक्ष मौन बस्दा कयौं घटनामा बिचौलियाहरुले उन्मुक्ति पाएको उनले बताइन् । कयौं घटनामा पीडितहरुको असहयोगका कारण बिचौलियालाई कानूनी कठघरामा ल्याउनसमेत असहज हुने सुनारिले बताएकी छन्  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक