2026-09-04 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाको रोजाइमा नेपाली ! ६६ हजार विदेशी कामदार लैजाने !

मङ्सिर २६, काठमाडौँ | दक्षिण कोरियाले सन् २०२२ का लागि ६६ हजार विदेशी कामदार लैजाने भएको छ । ६६ हजार कोटामध्ये ४२ हजार ५ सय ३० जना नयाँ कामदार हुनेछन् । शुक्रबार बसेको विदेशी कामदार पोलिसी निर्धारण समितिको बैठकले कोटा तोकेको हो । 

प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार दक्षिण कोरियाले भाषा परीक्षा गरेका नयाँ र कोरियामा ४ वर्ष १० महिना काम गरी फर्केर स्पेशल भाषा परीक्षा (सिबिटी) परिक्षा उत्तीर्ण दुबै तर्फका भएको बताइएको छ ।

कोरियाले नेपाल, पाकिस्तात, भियतनाम, श्रीलंका, बंगलादेश, फिलिपिन्स, कम्बोडियालगायत एशियाका विभिन्न १६ वटा देशहरुबाट विदेशी कामदार लैजाने गरेको छ । नेपाली कामदार मिहेनती र इमान्दार रहेकाले कोरियन रोजगारदाताको रोजाइमा पर्ने गरेका छन् । तर नेपाली कामदारको कोटा निर्धारण भइसकेको छैन ।

लगिने ६६ हजार विदेशी कामदारमध्ये कोरीयाले उत्पादनमूलक क्षेत्रमा ४३, कृषि तथा पशुपालन क्षेत्रमा ९ हजार ९ सय ३०, माछापालनमा ४ हजार ६ सय ४० र निर्माण क्षेत्रमा ३ हजार ९ सय ७० जना छुट्याइएको हो । नेपालबाट जाने कामदार उत्पादनमूलक र कृषिक्षेत्रमा दक्षिण कोरिया जाने गरेका छन् ।   

कोरोना महामरी शुरू हुनु अघि नेपालबाट  ५ हजार बढी कामदार कोरिया जाने गरेका थिए । तर कोरोनाको संक्रमण बढेपछि नेपाली कामदार जाने क्रममा सुस्तता आएको हो ।

विदेशी कामदारको अभाव झेलिरहेको कोरियाले जनवरी १ देखि अप्रिल १२ तारिखसम्म भिसा अवधि सकिन लागेका विदेशी कामदारहरुलाई थप १ वर्ष भिसा थप गर्ने  निर्णय गरेकोे  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ