2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पौष ७ देखि पर्वतमा ‘प्रथम धौलागिरी चलचित्र महोत्सव’!

मङ्सिर २८, काठमाडौँ | पर्वतमा “प्रथम धौलागिरी चलचित्र महोत्सव २०७८” हुने भएको छ। अहुरी इन्टरटेन्मेन्ट प्रा.लि. किर्तिपुर काठमाडौँ र विभिन्न कलासँग जोडिएका संघ संस्थाहरुको सहकार्यमा कुश्माको शिद्देश्वर चलचित्र हलमा यहि पौष ७ देखि १० गते सम्म महोत्सव आयोजना गर्न लागिएको हो।

गण्डकी प्रदेश अन्तर्गत धौलागिरीको सन्दर नगरी कश्मा पर्वतमा “पर्यटन प्रर्वदन कला र संस्कृतिको संरक्षण, अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन” भन्ने मुल नाराका साथ महोत्सव आयोजना गर्न गरिएको हो।धौलागिरीको पर्वत, बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ्ग भित्रका लगानी कर्ता, कलाकार, निर्देशक, लेखक र प्राविधिकले निर्माण गरेका लघु चलचित्र, डकुमेन्ट्री, एनिमेशन र ठूलो पर्दाको चलचित्रहरुको छनोट गरि प्रदर्शन गर्ने उद्देश्यका साथ महोत्सवको तयारी गरिएको कार्यक्रमका संयोजक तथा अहुरी इन्टरटेन्मेन्ट प्रा.ली.का अध्यक्ष विशाल लोहनीले जानकारी दिए।

धौलागिरीको संस्कृति, पर्यटन र आर्थिक विकासमा प्रमुख सहयोग हुने गरि आयोजित महोत्सवमा धौलागिरीका करिब ३५० भन्दा वढि कलाकार र दर्जन बढि निर्माता, निर्देशकले सहभागीता रहने आयोजकले विश्वास लिएको छ।

विगतका वर्षहरुमा धौलागिरी क्षेत्रमै बसेर भिडियोमार्फत् सघर्ष गरिरहेका कलाकारहरु, निर्देशक र निरन्तर लगानी गरेका निर्माताहरुलाई हौसला प्रदान स्वरुप महोत्सवमा सम्मान समेत गरिने भएको छ।

महोत्सवको उद्धाटनसंगै ३० भन्दा वढि साना ठूला चलचित्रहरु चार दिन सम्म प्रदशनी हुने छ भने १० गते राष्ट्रिय स्तरमा ख्याती प्राप्त निर्देशक, कलाकार लगाएतका चलचित्र कर्मीहरुको विशिष्ठ आतिथ्यतामा कार्यक्रम समापन गरिनेछ। कार्यक्रम भव्यताका साथ सम्मन्न गर्नका लागि करिब ६ देखि ७ लाख बजेट तय गरिएको आयोजकले जनाएको छ।

महोत्सव अवलोकनका लागि दर्शकहरुलाई रु. २००को टिकटमा २ पटकका लागि प्रवेश मान्य हुने गरी निर्धारण गरिएको छ। महोत्सव भव्य, सभ्य र सुरक्षितका साथ सम्पन्न गर्न आयोजकले सहयोगको अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल