२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोनसन एण्ड जोनसन खोप २१ लाख भन्दा बढी उपलब्ध, वैदेशिक रोजगारीमा जानेलाई दिन छलफल

२०७८, १ पुष बिहीबार १५:४१

पुस १, काठमाडौँ | जर्मनीले कोभ्याक्स सुविधा अन्तर्गत बिहिबार (आज) ४१ लाख ४२ हजार २५० डोज खोप उपलब्ध गराएको छ । जस अन्तर्गत २१ लाख ७६ हजार ६५० डोज जोनसन एण्ड जोनसन खोप रहेको छ ।

उक्त जोनसन एण्ड जोनसन खोप वैदेशिक रोजगारीमा जानेहरुलाई दिने विषयमा छलफल भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोडेर्ना खोप १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिकालाई दिने निर्णय गरिसकेको छ र उक्त खोप पुस ४ गतेदेखि ५७ जिल्लामा खोप अभियान सञ्चालन हुँदैछ । जर्मनीले दिएको खोप मध्ये १९ लाख ६५ हजार ६ सय डोज मोडेर्ना रहेको छ ।


वैदेशिक रोजगारमा जानेहरुलाई पनि दिने भनिएको खोप जोनसन एण्ड जोनसन एक मात्रा लगाए पनि पुग्छ । वैदेशिक रोजगारमा जानेहरुलाई प्रक्रियाको क्रममा दोश्रो डोज लगाउँदा समय लाग्ने हुँदा एक डोजले मात्र पनि पुग्ने जोनसन एण्ड जोनसन खोप नै दिने विषयमा प्रारम्भिक छलफल भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । त्यसो त नेपाली युवाहरु जाने अधिकांश देशमा यो खोपलाई मान्यता समेत दिईएको छ । मान्यता नपाएको खोप लगाएर जाँदा सम्बन्धित देशमा क्वारेन्टिनमा बस्नु पर्ने बाध्यता छ । जसको कारण वैदेशिक रोजगारमा जानेहरुको लागत बढ्न जान्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल