२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसा : वैदेशिक रोजगारको गम्भीर रोग ! प्रलोभनमा पहिलो नम्बर !

२०७८, ४ पुष आईतवार ०५:४२

पुस ४, काठमाडौँ | वैदेशिक रोजगार क्षेत्रका सरोकारवालाले छिटो कमाउने प्रलोभनमा परेर भिजिट भिसामा वैदेशिक रोजगारमा नजान रोजगार आकांक्षी युवा युवतीलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले शनिबार  आयोजना गरेको ‘भिजिट भिसाः समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा उनीहरूले उक्त सुझाव दिएका हुन् । वैदेशिक रोजगार विज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या नेपालमा विगतदेखि नै रहेको बताए । उनले सम्बन्धित सरकारी निकायले कडाई गर्न नसक्दा भिजिट भिसामा गएर अलपत्र पर्ने र दुःख पाउने अवस्था आएको भन्दै समस्याको समाधानका लागि सरकार, व्यवसायी र स्वयं कामदार पनि सतर्क हुनुपर्नेमा जोड दिए । 

कोरोना संक्रमण केही कम भएपछि नेपालबाट भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढ्दो रहेको र विदेशमा रहेका नेपाली कुटनैतिक नियोगहरू सक्रिय भएमा समस्या समाधान गर्न सहज हुने उनको भनाइ थियोे । 

लामो समयदेखि विदेशमा अलपत्र कामदारको उद्धारमा लागेका प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले हाल विभिन्न झुठा प्रलोभन दिएर भिजिट भिसामा युवाहरू खाडीका विभिन्न मुलुकमा लैजाने बढेको बताए । भिजिट भिसाको नाममा विदेश जाने र लैजाने हालको प्रवृत्तिलाई नियन्त्रण गर्न नसके त्यसले भविष्यमा विकराल अवस्था सिर्जना हुने उनको भनाइ थियो  । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले भिजिट भिसामा गैरकानूनीरूपले पठाउने धन्दामा केही म्यानपावर कम्पनीका सञ्चालकको पनि संलग्नता हुन सक्ने सूचना आफुले पाएको भन्दै भिजिट भिसाको धन्दामा गैरआवासीय नेपाली (एनआरएन), उनीहरूका आफन्त र दूतावासमा कार्यरत सरकारी कर्मचारीको समेत मिलेमतो रहेको दाबी गरे । कार्यवाहक अध्यक्ष तामाङले सरकारी कर्मचारीको मिलेमतो र लाचारिपनले भिजिट भिसा मौलाउँदै गएको भन्दै कार्यवाहक अध्यक्ष तामाङले आर्थिकरूपमा असक्षम व्यक्ति भिजिट भिसामा गइरहँदा अध्यागमन विभागले छानविन गर्न नचाहनु गम्भीर विषय भएको टिप्पणी गरे ।

‘सरकार सुध्रिने हो भने आजैबाट सबै समस्या सल्टिन्छ,’ तामाङले भने, ‘सरकारका कर्मचारीले भिजिट भिसालाई आफ्नो आर्थिक स्वार्थ पूरा गर्ने र कमाउने सोच राखिरहने हो भने यो समस्या सधैंका लागि रहिरहन्छ ।’

ट्राभल एजेन्सी र शैक्षिक कन्सल्टेन्सीहरुले भिजिट भिसामा युवा युवतीलाई आकर्षक रोजगारी भन्दै विदेश पठाईरहेको भए पनि त्यसको सबै दोष म्यानपावर व्यवसायीमाथि थुपारिएको भन्दै का. अध्यक्ष तामाङले पछिल्लो समय युरोपियन मुलुकहरुमा भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको तर सरकारी निकायहरू थाहा नै नपाएको जस्तो बहानाबाजी गरिरहेको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित