२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काेरियाले एकबर्षको भीसा थप गरेपछि यी बिदेशी कामदारहरुमा खुसीको रौनक !

२०७८, ४ पुष आईतवार ११:४५

पुस ४, काठमाडौँ | दक्षिण कोरियामा काम गरिरहेका विदेशी कामदारहरुका लागि खुशिको खबर आएको छ। यहाँ काम गरिरहेका विदेशी कामदारहरु मध्ये भिसा अवधि सकिन लागेकाहरुलाई थप १ बर्ष भिसा दिने निर्णय भएको छ।

कोरोनाका कारण कोरियाका कम्पनीहरुले कामदार अभावको समस्या भोग्दै आइरहेका थिए। यस्तो समस्या समाधानका लागि भिसा अवधि सकिन लागेका कामदारहरुलाई थप १ बर्ष भिसा अवधि थपिन लागेको हो।केहि दिन अघि दक्षिण कोरियाका केहि समाचार अनलाईन मेडियाहरुले कामदारहरुो भिसा अवधि थप हुने बारेमा समाचार लेखेसँगै यहाँ रहेका इपिएस कामदारहरु खुशी भएका थिए।

आज कोरियाको सरकारले आउँदो जनवरी १ तारिखदेखि अप्रिल १२ तारिखसम्ममा भिसा अवधि समाप्त हुने इपिएस कामदारहरुका लागि पुन १ बर्ष भिसा थपिदिने निर्णय भएको हो। तर अब थप हुनेमा यस भन्दा अघि १ बर्ष थप भिसा पाएकाहरु भने समावेश हुने छैनन। यसअघि पनि दक्षिण कोरियाले कामदार अभावको समस्या समाधान गर्न भन्दै भिसा अबधि सकिन लागेका इपिएस कामदारहरुको भिसा अवधि १ बर्ष थपेको थियो।

त्यसैगरी अप्रिल १२ तारिखभन्दा पछाडी भिसा अवधि सकिने इपिएस कामदारहरुको लागि भने त्यस बेलाको कोरोनाको स्थिति र कामदारको आवश्यकताको अध्यन गरि निर्णय गरिने जानकारी दिइएको छ। कोरियामा भिसा अवधि सकिन लागेकाहरुको भिसा १ बर्ष थप हुने भएपछि नेपालमा इपिएस भाषा परीक्षा पास गरि कोरिया प्रस्थान गर्ने पालो कुरेर बसेका तथा नयाँ भाषा परीक्षाको लागि कुरेकाहरु भने दुखी भएका छन।

कोरियामै भएका कामदारहरुको भिसा अवधि थप हुँदा कोरियाले कामदार लैजाने प्रकृयामा ढिलाइ गर्ला वा नयाँ भाषा परीक्षा ढिलो पो गर्ने हो कि भन्ने उनिहरुको बुझाइ रहेको छ। तर कोरियाले त्यहाँ रहेका भिसा अवधि सकिन लागेका कामदारहरुको भिसा १ बर्ष थप गरेतापनि इपिएस भाषा परीक्षा पास गरि कोरिया प्रवेशको पर्खाइमा रहेका कामदारहरुको प्रकृयामा कुनै ढिलाई नगर्ने बताएको छ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै