२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको अवैध धन्दा: क्रोएसिया पठाउने नाममा पैसा कुम्ल्याउदै झुलाउदै ठगि

५ पुष २०७८, सोमबार ०८:५९

पुस ५, काठमाडौँ | म्यानपावरले पुर्वस्वीकृति नलिई वैदेशिक रोजगारमा पठाउन पाउदैन । तर म्यानपावरहरुले विना पुर्वस्वीकृति अवैध धन्दा चलाउदै पैसा अशुली गरि युवाहरुलाई पिडित बनाउदै आईरहेको पाइएको छ । 

वैदेशिक रोजगारको क्रममा क्रोएसिया पठाउने भनि काठमाडौँको सामाखुसी स्थित लिंक स्टार म्यानपावरले एक युवालाई एक बर्षदेखि झुलाउदै आएको पिडितले गुनाशो गरेका छन् । उनि सहित अरु युवाहरुलाई क्रोएसिया वैदेशिक रोजगारमा पठाउने भनि अग्रिम ५० हजारको दरले अशुली गरेको र लामो समयसम्म पठाउन नसकेपछि पैसा र पासपोर्ट फिर्ता माग्दा बिभिन्न नाममा रकम काटेर पैसा फिर्ता पाउने म्यानपावरले बताएको ति पिडितले गुनाशो गरे । 

पीडितले भने 'लामो समय भयो, एक महिनापछि र दुई महिना पछि भन्दै झुलाउदै आएको छ, लामो समयसम्म काम नभएपछि पैसा र पासपोर्ट फिर्ता माग्दा पैसा काटेर दिने बताइरहेको छ ।' पीडितले पठाएको प्रमाणहरुको आधारमा सम्बन्धित म्यानपावरले 'एब्रोड जब्स' र 'लिंक स्टार म्यानपावर सर्भिस' नामको फेसबुक पेजबाट पीडितलाई रोजगारमा पठाउने प्रलोभन दिएको खुलेको छ । सम्बन्धित पीडितले म्यानपावरले पैसा अशुलीको लागि अवैध रुपमा खडा गरेको संजिला राईलाई ५० हजार सिटि एक्सप्रेस मनि ट्रान्सफर मार्फत पठाएका थिए । प्राप्त प्रमाणको आधारमा सम्बन्धित म्यानपावरले पीडितलाई गत जनवरी ५ तारिकमै क्रोएसिया पठाउनको लागि डकुमेन्ट फरवार्ड भईसकेको भन्ने जानकारी दिएको थियो तर त्यसको  एक बर्ष बित्न १५ दिन मात्र बाँकी छँदा पनि म्यानपावरले झुलाईरहेको पीडितले गुनाशो गरे ।

तश्वीरमा: सम्बन्धित म्यानपावरले पैसा अशुली गर्न अवैध व्यक्ति खडा गर्ने गरेको पाइएको छ । वैदेशिक रोजगार बिभागको रेकर्ड अनुसार संजिला राई सम्बन्धित म्यानपावरको आधिकारिक कर्मचारी होइनन् । 

वैदेशिक रोजगार नीति अनुसार लाइसेन्स प्राप्त म्यानपावरले पुर्व स्वीकृति नलिई वैदेशिक रोजगारमा पठाउन नपाइने नियम छ । तर केहि म्यानपावरहरुले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा पठाउने क्रियाकलापलाई धन्दानै बनाएका छन् । यस सम्बन्धमा सम्बन्धित निकाय समेत मौन बसेको छ । 

कति युवाहरु सिकार बनेका छन् एकिन छैन 

पछिल्लो समय वैदेशिक रोजगारमा आकर्षक प्रलोभन देखाएर पैसा अशुली गर्दै झुलाउदै गर्ने क्रियाकलाप नौलो भने होइन । युरोप वा कुनै आकर्षक देशको प्रलोभनमा पर्दा कयौं युवाहरु नजानेर र केहि जानीजानी दलालको पासोमा पर्ने गरेका छन् ।

कतिपय देशमा नेपाली दुतावास नहुँदा डिमाण्ड प्रमाणीकरण हुँदैन । डिमाण्ड प्रमाणीकरण नहुँदा दलालहरुले डिमाण्डको खेल खेल्छन् । यसरी खेल खेल्नेहरु मध्ये केहिले काम पनि गरिदिन्छन् तर अधिकांशको भने ठग्ने धन्दा मात्र हुन्छ ।  ठगि गर्नेहरुले कतिपयले व्यक्तिगत आवश्यकता वा संस्थाको आवश्यकता पूर्ति गर्न सयौं युवाहरुलाई गोटी बनाई लाखौँ पैसा अशुली गर्ने र लामो समयसम्म झुलाउने गरेको समेत पाइएको छ । त्यसरी अशुली भएको पैसाले विदेशमा प्रोसेसको नाममा आफ्नो आवश्यकता पुरा गर्ने गरिएको छ । कानुनी रुपमा बच्नको लागि बिभिन्न उपाय अपनाएर पैसा अशुली गर्ने र कसैले प्रमाण पुर्याएर सम्बन्धित निकायमा उजुरी गरिहालेमा वा गर्छु भनेमा पैसाकै बलमा केस मिलाउने वा उजुरी कर्तालाई पैसा मिलाएर अरुलाई झुलाउदै जाने गरिएको गुनाशो बढेको छ । त्यसो आफै काम गर्न नसक्ने वा प्रोसेस नै नगरी यो र त्यो बहानामा पैसा अकातियो भनि अग्रिम अशुलीको पैसा काटिदिने समेत गुनाशो समस्यामा परेका युवाहरुको गुनाशो छ । यही उपाय अपनाएर युवाहरुहरुसँग करोडौं अशुली गरेका कतिपय  दलालहरु यतिखेर फरार भएर भारत वा अन्य देशमा छन् । सम्बन्धित व्यक्तिहरुबाट पिडितहरुले प्रयाप्त प्रमाणको अभाव र सम्बन्धित निकायको वेवास्थाको सिकार बन्नु परिरहेको छ । कतिपय युवाहरुले आफू ठगिएको प्रमाण समेत पुर्याउन सक्दैनन् वा नगदमा कारोवार गर्छन् । यस्ता युवाहरु भने चुपचाप बस्नुको विकल्प छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो