2026-09-24 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको अवैध धन्दा: क्रोएसिया पठाउने नाममा पैसा कुम्ल्याउदै झुलाउदै ठगि

पुस ५, काठमाडौँ | म्यानपावरले पुर्वस्वीकृति नलिई वैदेशिक रोजगारमा पठाउन पाउदैन । तर म्यानपावरहरुले विना पुर्वस्वीकृति अवैध धन्दा चलाउदै पैसा अशुली गरि युवाहरुलाई पिडित बनाउदै आईरहेको पाइएको छ । 

वैदेशिक रोजगारको क्रममा क्रोएसिया पठाउने भनि काठमाडौँको सामाखुसी स्थित लिंक स्टार म्यानपावरले एक युवालाई एक बर्षदेखि झुलाउदै आएको पिडितले गुनाशो गरेका छन् । उनि सहित अरु युवाहरुलाई क्रोएसिया वैदेशिक रोजगारमा पठाउने भनि अग्रिम ५० हजारको दरले अशुली गरेको र लामो समयसम्म पठाउन नसकेपछि पैसा र पासपोर्ट फिर्ता माग्दा बिभिन्न नाममा रकम काटेर पैसा फिर्ता पाउने म्यानपावरले बताएको ति पिडितले गुनाशो गरे । 

पीडितले भने ‘लामो समय भयो, एक महिनापछि र दुई महिना पछि भन्दै झुलाउदै आएको छ, लामो समयसम्म काम नभएपछि पैसा र पासपोर्ट फिर्ता माग्दा पैसा काटेर दिने बताइरहेको छ ।’ पीडितले पठाएको प्रमाणहरुको आधारमा सम्बन्धित म्यानपावरले ‘एब्रोड जब्स’ र ‘लिंक स्टार म्यानपावर सर्भिस’ नामको फेसबुक पेजबाट पीडितलाई रोजगारमा पठाउने प्रलोभन दिएको खुलेको छ । सम्बन्धित पीडितले म्यानपावरले पैसा अशुलीको लागि अवैध रुपमा खडा गरेको संजिला राईलाई ५० हजार सिटि एक्सप्रेस मनि ट्रान्सफर मार्फत पठाएका थिए । प्राप्त प्रमाणको आधारमा सम्बन्धित म्यानपावरले पीडितलाई गत जनवरी ५ तारिकमै क्रोएसिया पठाउनको लागि डकुमेन्ट फरवार्ड भईसकेको भन्ने जानकारी दिएको थियो तर त्यसको  एक बर्ष बित्न १५ दिन मात्र बाँकी छँदा पनि म्यानपावरले झुलाईरहेको पीडितले गुनाशो गरे ।

तश्वीरमा: सम्बन्धित म्यानपावरले पैसा अशुली गर्न अवैध व्यक्ति खडा गर्ने गरेको पाइएको छ । वैदेशिक रोजगार बिभागको रेकर्ड अनुसार संजिला राई सम्बन्धित म्यानपावरको आधिकारिक कर्मचारी होइनन् । 

वैदेशिक रोजगार नीति अनुसार लाइसेन्स प्राप्त म्यानपावरले पुर्व स्वीकृति नलिई वैदेशिक रोजगारमा पठाउन नपाइने नियम छ । तर केहि म्यानपावरहरुले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा पठाउने क्रियाकलापलाई धन्दानै बनाएका छन् । यस सम्बन्धमा सम्बन्धित निकाय समेत मौन बसेको छ । 

कति युवाहरु सिकार बनेका छन् एकिन छैन 

पछिल्लो समय वैदेशिक रोजगारमा आकर्षक प्रलोभन देखाएर पैसा अशुली गर्दै झुलाउदै गर्ने क्रियाकलाप नौलो भने होइन । युरोप वा कुनै आकर्षक देशको प्रलोभनमा पर्दा कयौं युवाहरु नजानेर र केहि जानीजानी दलालको पासोमा पर्ने गरेका छन् ।

कतिपय देशमा नेपाली दुतावास नहुँदा डिमाण्ड प्रमाणीकरण हुँदैन । डिमाण्ड प्रमाणीकरण नहुँदा दलालहरुले डिमाण्डको खेल खेल्छन् । यसरी खेल खेल्नेहरु मध्ये केहिले काम पनि गरिदिन्छन् तर अधिकांशको भने ठग्ने धन्दा मात्र हुन्छ ।  ठगि गर्नेहरुले कतिपयले व्यक्तिगत आवश्यकता वा संस्थाको आवश्यकता पूर्ति गर्न सयौं युवाहरुलाई गोटी बनाई लाखौँ पैसा अशुली गर्ने र लामो समयसम्म झुलाउने गरेको समेत पाइएको छ । त्यसरी अशुली भएको पैसाले विदेशमा प्रोसेसको नाममा आफ्नो आवश्यकता पुरा गर्ने गरिएको छ । कानुनी रुपमा बच्नको लागि बिभिन्न उपाय अपनाएर पैसा अशुली गर्ने र कसैले प्रमाण पुर्याएर सम्बन्धित निकायमा उजुरी गरिहालेमा वा गर्छु भनेमा पैसाकै बलमा केस मिलाउने वा उजुरी कर्तालाई पैसा मिलाएर अरुलाई झुलाउदै जाने गरिएको गुनाशो बढेको छ । त्यसो आफै काम गर्न नसक्ने वा प्रोसेस नै नगरी यो र त्यो बहानामा पैसा अकातियो भनि अग्रिम अशुलीको पैसा काटिदिने समेत गुनाशो समस्यामा परेका युवाहरुको गुनाशो छ । यही उपाय अपनाएर युवाहरुहरुसँग करोडौं अशुली गरेका कतिपय  दलालहरु यतिखेर फरार भएर भारत वा अन्य देशमा छन् । सम्बन्धित व्यक्तिहरुबाट पिडितहरुले प्रयाप्त प्रमाणको अभाव र सम्बन्धित निकायको वेवास्थाको सिकार बन्नु परिरहेको छ । कतिपय युवाहरुले आफू ठगिएको प्रमाण समेत पुर्याउन सक्दैनन् वा नगदमा कारोवार गर्छन् । यस्ता युवाहरु भने चुपचाप बस्नुको विकल्प छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक