2026-09-24 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीको अवस्था बुझ्दै स्थानीय तह

पुस ५, काठमाडौँ | वैदेशिक रोजगारी, वैदेशिक अध्ययन, रोजगारीका समस्या, पुनःस्थापना र समस्याका विषयमा जानकारी राख्नका लागि यहाँका दुई पालिकाले लगत सङ्कलन थालेका छन् । 

वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको परिवारको तथ्याङ्क तथा अवस्था पहिचानका लागि दुई पालिकाले वैदेशिक रोजगारसम्बन्धी पाश्र्वचित्र निर्माण गर्न सुरु गरेका छन् । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले वैदेशिक रोजागरीको विवरण सङ्कलन गर्न आप्रवासी ‘प्रोफाईल’ निर्माण गर्न थालेका हुन । 

सङ्कलन गरेको तथ्याङ्क प्रोफाइलका रुपमा राखिने र आगामी नीति तथा कार्यक्रम बनाउँदा त्यसैका आधारमा तयार गरिने बागलुङका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । प्रोफाइलले सुरक्षित प्रवासन नीति र पुनः एकीकरणको लागि समर्थनसहित स्थानीय ‘प्रवास प्रशासन’का लागि उचित योजना, नीति र रणनीतिको विकासमा सहयोग गर्ने छ । 

प्रोफाइल निर्माणका लागि बागलुङ नगरपालिकाले रु चार लाख १६ हजार र काठेखोला गाउँपालिकाले रु चार लाख आठ हजार विनियोजन गरेका छन् । प्रत्येक वडामा एक गणकको व्यवस्थापन गरी क्षेत्रगत तथ्याङ्क सङ्कलन गरिने छ । 

नगरपालिकाले १४ र गाउँपालिकाले आठ गणक छनोट गरी तथ्याङ्क सङ्कलन गर्न थालेका छन् । गणकले कोवो सफ्टवेयरमार्फत तथ्याङ्क लिनेछन् । विवाईसी बागलुङको व्यवस्थापनमा गणकलाई सामी हेल्भेटासले दुई दिने सफ्टवेयर सञ्चालनबारे प्राविधिक तालिम दिएर स्थलगत रुपमा तथ्याङ्क सङ्कलनका लागि वडामा खटाइएको छ । स्थलगतरुपमा खटाइएका २८ गणकले आगामी माघ ४ गतेभित्र आफ्नो जिम्मेवारीमा परेका वडाको वैदेशिक रोजगारीमा गएको, अध्ययनका लागि गएको, वैदेशिक रोजगारीमा आश्रित परिवार, वैदेशिक रोजगारीमा फर्केका, रोजगारीबाट फर्केर पुनःस्थापित भइसकेकाको विवरण सङ्कलन गर्नेछन् । 

प्रोफाइलमा जनसङ्ख्यिकीय जानकारी, प्रमुख गन्तव्य देश, प्रवासी र उनीहरूका परिवारको सीप र सूचनामा पहुँचको हालको परिदृश्य, रेमिट्यान्स प्राप्त गर्ने र वित्तीय साक्षरतामा यसको उपयोगिताको प्रवृत्ति तथा ज्ञानस्तरसहितको प्रवास, पुनरागमन प्रवासी कामदारको जानकारी, उनीहरूको अवस्था र पहलमाथि जोड दिने काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले बताउनुभयो ।

आप्रवासी पाश्र्वचित्रले राष्ट्रिय सन्दर्भसँग सम्बन्धित स्थानीयस्तरबाट श्रम प्रवासन ढाँचाको समग्र परिदृश्य प्रतिविम्बित गर्ने सुरक्षित आप्रवासन परियोजना (सामी) बागलुङका परियोजना संयोजक मीनप्रसाद उपाध्ययाले बताउनुभयो । वैदेशिक रोजगारमा ठगी र सम्बन्धित मुद्दा, सामाजिक लागत, चुनौती, अगाडि र सुझावलाई पनि समावेश हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक