2026-10-15 05:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति

काठमाडौं । नेपाल र मलेसियाबीच श्रमिक भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने सहमति भएको छ । श्रमिकमाथि अनावश्यक आर्थिक भार पर्ने तथा बिचौलियामार्फत हुने शोषण नियन्त्रण गर्न दुवै देशले श्रमिक भर्ना संयन्त्रलाई थप सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

मलेसियाका मानव संसाधन मन्त्री आर. रामानन र नेपालका युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भएको टेलिफोन वार्तामा दुई देशबीचको श्रम तथा रोजगारीसम्बन्धी सहकार्यका विषयमा छलफल भएको छ ।

मलेसियाका मानव संसाधन मन्त्री रामाननका अनुसार दुवै पक्षले श्रमिक भर्ना प्रक्रिया थप व्यवस्थित र पारदर्शी बनाउनुपर्ने आवश्यकता स्वीकार गरेका छन् । विशेषगरी श्रमिकले अत्यधिक भर्ती लागत व्यहोर्नुपर्ने अवस्था, श्रमिकमाथि हुन सक्ने शोषण तथा गैरजिम्मेवार बिचौलियाको भूमिका नियन्त्रण गर्नुपर्ने विषयमा छलफल भएको छ ।

“मलेसिया विदेशी श्रमिक व्यवस्थापनलाई इमानदारी, पारदर्शिता, जवाफदेहिता र श्रमिक संरक्षणको सिद्धान्तमा आधारित बनाएर सञ्चालन गर्न प्रतिबद्ध छ,” रामाननले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।

उनले उद्योग तथा श्रम बजारको वास्तविक आवश्यकतालाई बेवास्ता नगरी श्रमिकको अधिकार र हित सुरक्षित गर्ने प्रणाली आवश्यक रहेको बताएका छन्।

उनका अनुसार श्रमिक व्यवस्थापनसम्बन्धी मलेसियाको सिद्धान्त स्पष्ट छ— निर्माण गरिने प्रणालीले श्रमिकको संरक्षण गर्नुपर्ने, रोजगारदातालाई प्रक्रिया सहज बनाउनुपर्ने र शोषण तथा दुरुपयोग हुने ठाउँ बन्द गर्नुपर्ने हुन्छ।

नेपाल र मलेसियाबीच सन् १९६० देखि कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै रामाननले श्रम तथा रोजगारको क्षेत्रमा आपसी सहकार्य थप मजबुत बनाउन उपयुक्त द्विपक्षीय संयन्त्रमार्फत संवाद र छलफललाई निरन्तरता दिने सहमति भएको बताएका छन्।

दुवै देशले यस्तो सहकार्य नेपाल र मलेसिया दुवैको हित तथा श्रमिकको कल्याणलाई केन्द्रमा राखेर अघि बढाउने बताएका छन् ।

टेलिफोन वार्ताका क्रममा रामाननले गत महिना आएको विनाशकारी बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना समेत व्यक्त गरेका छन्।

उनले उक्त विपद्पछि सम्पर्कविहीन रहेका मलेसियाली नागरिकको अवस्थाबारे पनि मलेसिया सरकारले गम्भीरतापूर्वक चासो राखिरहेको बताएका छन् ।

यसअघि मलेसियामा निश्चित म्यानपावरले कामदार पठाउने गरि भएको सिन्डिकेटलाई लक्षित गर्दै नेपालका प्रधानमन्त्री र मलेसियाका प्रधानमन्त्रीबीच पनि टेलिफोन संवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने