२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशी कामदार लैजाने मलेसियाको तयारी, नेपालीलाई कस्तो असर पर्छ ?

२०७८, ६ पुष मंगलवार ०६:४६

पुस ६, काठमाडौँ | गत डिसेम्बर १० मा मलेसियामा बंगलादेशी कामदार भर्ना गर्नका लागि बंगलादेशको प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालय र मलेसिया सरकारबीच सम्झौता गर्ने सहमति भयो । यो सहमति पछि अहिले बंगलादेशबाट मलेसियामा कामगार लैजाने तैयारी तिब्र भएको छ । 

यसअघि सहमति भइसकेको वृक्षारोपण क्षेत्रबाहेक सबै क्षेत्रमा विदेशी कामदार भर्ना खुला गर्ने सहमति भएको सार्वजनिक भएपछि विगत तीन वर्षदेखि नयाँ कामदार जान नपाएको नेपालमा पनि त्यसले एक प्रकारको  खुशी ल्यायो । मलेसियाले विदेशी कामदारका लागि वृक्षारोपण, कृषि, उत्पादन, सेवा, खानी तथा उत्खनन्, निर्माण र घरेलु कामदारहरूका लागि भर्ना खुला हुने बताएको छ ।

तर शुक्रबार आयोजित नेपाली राजदूतावास मलेसियाको नियमित साप्ताहिक फेसबुक लाइभमा मलेसियामा नयाँ कामदारको भर्ना खुला भएकोबारे नेपाली दूतावासलाई कुनै जानकारी नआएको बताइयो । 

कार्यक्रममा नेपाली कामदारहरू मध्ये अधिकांशले नयाँ कामदार भर्ना कहिले खुल्छ ? भन्दै जिज्ञासा राखेका थिए । उनीहरूले यसअघि लामो समयदेखि चर्चामा रहेको सन् २०२२ देखि मलेसियामा कामदारको तलब बढ्ने विषयमा पनि चासो रोखे । तर दुवै प्रश्नमा मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रदीप कार्कीले दूतावासलाई केही जानकारी नरहेको बताए ।

नेपाल र मलेसियाबीच शुन्य लागतमा कामदार लैजाने विषयमा तत्कालीन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको कार्यकालमा सम्झौता भएको थियोे । तर त्यसपछि उक्त सम्झौता अनुसार एक जना नेपाली कामदार पनि मलेसियामा रोजगारीका लागि जान पाएका छैनन् । 

मलेसियाको रोजगारीमा लामो समयदेखि संलग्न वैदेशिक रोजगार व्यवसायी कुमुद खनालले पछिल्ला दिनमा मलेसिया बंगलादेशबाट कामदार लैजाने योजनामा लागेको समाचार मलेसियाका सञ्चारमाध्यमबाट आइरहेको बताए ।

बंगलादेशले मलेसियाको स्वास्थ्य मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्सँग मिलेर विदेशी कामदारको प्रवेशका लागि स्थायी प्रक्रिया परिमार्जन गर्न काम गरी कामदार पठाउने बताइएको छ ।

मलेसियाको फ्रि मलेसिया टुडे अनलाइनले बंगलादेशसँग गर्न लागिएको कामदार ल्याउने सम्झौताको मस्यौदा आफुले प्राप्त गरेको भन्दै बंगलादेशबाट कामदार ल्याउँदाको सबै खर्च शुरूमा मलेसियाका रोजगारदाताले व्यहोर्ने तर कामदारको मासिक तलबबाट खर्च काट्ने उल्लेख रहेको समाचार छापेको छ । 

समाचारले बंगलादेशबाट कामदार मलेसिया पुगेपछि रोजगारदाताले मासिक तलबको ५० प्रतिशतभन्दा बढी नहुने गरी तलबमा कटौती गर्न पाउने उल्लेख गरेकोे छ । मलेसियन रोजगारदाताले अध्यागमन प्रासेसिङ शुल्क, अल्पकालीन रोजगारको भिजिट पास वापतको शुल्क, सामाजिक सुरक्षा बीमा रकम, विदेशी कामदारको स्वास्थ बीमा शुल्क र अन्य बीमा शुल्क, मलेसियामा हुने स्वास्थ्य परीक्षण शुल्क, अध्यागमन किलिरेन्स शुल्क, जहाज भाडा, एटेस्टेशन शुल्क, कोभिड परीक्षण शुल्क र स्थानीय तहमा लाग्ने शुल्क कामदारको तलबबाट कटाउन पाउने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ