२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशी कामदार लैजाने मलेसियाको तयारी, नेपालीलाई कस्तो असर पर्छ ?

६ पुष २०७८, मंगलवार ०६:४६

पुस ६, काठमाडौँ | गत डिसेम्बर १० मा मलेसियामा बंगलादेशी कामदार भर्ना गर्नका लागि बंगलादेशको प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालय र मलेसिया सरकारबीच सम्झौता गर्ने सहमति भयो । यो सहमति पछि अहिले बंगलादेशबाट मलेसियामा कामगार लैजाने तैयारी तिब्र भएको छ । 

यसअघि सहमति भइसकेको वृक्षारोपण क्षेत्रबाहेक सबै क्षेत्रमा विदेशी कामदार भर्ना खुला गर्ने सहमति भएको सार्वजनिक भएपछि विगत तीन वर्षदेखि नयाँ कामदार जान नपाएको नेपालमा पनि त्यसले एक प्रकारको  खुशी ल्यायो । मलेसियाले विदेशी कामदारका लागि वृक्षारोपण, कृषि, उत्पादन, सेवा, खानी तथा उत्खनन्, निर्माण र घरेलु कामदारहरूका लागि भर्ना खुला हुने बताएको छ ।

तर शुक्रबार आयोजित नेपाली राजदूतावास मलेसियाको नियमित साप्ताहिक फेसबुक लाइभमा मलेसियामा नयाँ कामदारको भर्ना खुला भएकोबारे नेपाली दूतावासलाई कुनै जानकारी नआएको बताइयो । 

कार्यक्रममा नेपाली कामदारहरू मध्ये अधिकांशले नयाँ कामदार भर्ना कहिले खुल्छ ? भन्दै जिज्ञासा राखेका थिए । उनीहरूले यसअघि लामो समयदेखि चर्चामा रहेको सन् २०२२ देखि मलेसियामा कामदारको तलब बढ्ने विषयमा पनि चासो रोखे । तर दुवै प्रश्नमा मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रदीप कार्कीले दूतावासलाई केही जानकारी नरहेको बताए ।

नेपाल र मलेसियाबीच शुन्य लागतमा कामदार लैजाने विषयमा तत्कालीन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको कार्यकालमा सम्झौता भएको थियोे । तर त्यसपछि उक्त सम्झौता अनुसार एक जना नेपाली कामदार पनि मलेसियामा रोजगारीका लागि जान पाएका छैनन् । 

मलेसियाको रोजगारीमा लामो समयदेखि संलग्न वैदेशिक रोजगार व्यवसायी कुमुद खनालले पछिल्ला दिनमा मलेसिया बंगलादेशबाट कामदार लैजाने योजनामा लागेको समाचार मलेसियाका सञ्चारमाध्यमबाट आइरहेको बताए ।

बंगलादेशले मलेसियाको स्वास्थ्य मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्सँग मिलेर विदेशी कामदारको प्रवेशका लागि स्थायी प्रक्रिया परिमार्जन गर्न काम गरी कामदार पठाउने बताइएको छ ।

मलेसियाको फ्रि मलेसिया टुडे अनलाइनले बंगलादेशसँग गर्न लागिएको कामदार ल्याउने सम्झौताको मस्यौदा आफुले प्राप्त गरेको भन्दै बंगलादेशबाट कामदार ल्याउँदाको सबै खर्च शुरूमा मलेसियाका रोजगारदाताले व्यहोर्ने तर कामदारको मासिक तलबबाट खर्च काट्ने उल्लेख रहेको समाचार छापेको छ । 

समाचारले बंगलादेशबाट कामदार मलेसिया पुगेपछि रोजगारदाताले मासिक तलबको ५० प्रतिशतभन्दा बढी नहुने गरी तलबमा कटौती गर्न पाउने उल्लेख गरेकोे छ । मलेसियन रोजगारदाताले अध्यागमन प्रासेसिङ शुल्क, अल्पकालीन रोजगारको भिजिट पास वापतको शुल्क, सामाजिक सुरक्षा बीमा रकम, विदेशी कामदारको स्वास्थ बीमा शुल्क र अन्य बीमा शुल्क, मलेसियामा हुने स्वास्थ्य परीक्षण शुल्क, अध्यागमन किलिरेन्स शुल्क, जहाज भाडा, एटेस्टेशन शुल्क, कोभिड परीक्षण शुल्क र स्थानीय तहमा लाग्ने शुल्क कामदारको तलबबाट कटाउन पाउने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो