२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकवानपुरमा ई– पासपोर्टको दर्ता सुरु

७ पुष २०७८, बुधबार १०:२५

पुस ७, मकवानपुर | जिल्ला प्रशासन कार्यालय मकवानपुरले ई– पासपोर्टका लागि आजबाट प्रत्यक्ष दर्ता सुरु गरेको छ । ई–पासपोर्टका लागि सेवाग्राही आफैले पनि  अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

काठमाडौँ बाहिर पहिलो पटक मकवानपुरमा यो सेवा सुरु भएको हो । यसका लागि आवश्यक उपकरण र पूर्वाधारको व्यवस्थापन गरिएको बताइएको छ । सुरुमा दैनिक १५ जनाले मात्रै दर्ता गर्न सकिने र कार्यालयको क्षमता अनुसार विस्तारै यो सेवालाई थप गर्दै जाने योजना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार दर्ता भएको सातदेखि १५ दिनभित्र ई–पासपोर्ट उपलब्ध गराउने छन् । ई–पासपोर्टका लागि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र फारम भरेर दर्ता गर्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । यस कार्यबाट जिल्लाका बासिन्दा उत्साही भएका छन् । 

गाँजा र अफिमखेती नष्ट 

जिल्लाको विकट राक्सिरागङ गाउँपालिकाको दुई वडामा ठूलो क्षेत्रफलमा लगाइएको  प्रतिबन्धित लागुऔषध गाँजा तथा अफिमखेती नष्ट गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिरागङको ३३ बिघामा लगाइएको गाँजाखेती र १९ बिघामा लगाइएको अफिमखेती फडानी गरी नष्ट गरिएको छ ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुर र वाग्मती प्रदेश प्रहरी दङ्गा नियन्त्रण प्रहरी गणबाट संयुक्तरुपमा  खटिएको ६० जनाको प्रहरीको टोलीले राक्सिरागङ गाउँपालिका–४ र ५ को  विभिन्न स्थानमा लगाइएको गाँजा तथा अफिम खेती फडानी गरेको बताइएको छ । 

यसैबीच प्रहरीले अवैधरुपमा काठ ढुवानी गरेको अवस्थामा दुई जनालाई पिकअप गाडीसहित पक्राउ गरेको छ ।  गएराति २ बजे इलाका प्रहरी कार्यालय नेवार पानीबाट खटिएको प्रहरीको टोलीले गस्ती गर्दै जाने क्रममा  हेटाँैडा –३ स्थित सडक खण्डमा ८८.६० क्युफिट अवैध काठसहित मनहरि गाउँपालिकाको हाँडीखोलाबाट हेटौँडा–१९ बस्तीपुरतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ च १२६०  नं को पिकअप गाडीसहित हेटौँडा–१२ का २४ वर्षीय सुशान्त लोप्चन र १८ वर्षीय सुदीप लोप्चनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका व्यक्ति, बरामद अवैधकाठ र पिकअप गाडीलाई प्रहरीले आवश्यक कारबाहीका लागि  डिभिजन वन कार्यालय राप्ती मनहरिमा पठाएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ