२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगार गन्तव्य देशमा नेपाल प्रहरी कन्सुलर सेवा !

२०७८, १३ पुष मंगलवार १०:४१

पुस १३, काठमाडौँ | नेपाल प्रहरीले नेपाली कामदारका प्रमुख रोजगार गन्तव्य देशमा प्रहरी सहचारी (कन्सुलर) राख्ने प्रक्रिया अगाडि बढाएको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरेबिया र मलेसियासहित ७ देशमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको बताए ।

ती देशमा रहेका नेपालीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी सहचारी राख्ने बताइए पनि मुलतः आपराधिक विषय जोडिएका व्यक्तिलाई स्थानीय प्रहरीको सहकार्यमा पक्राउ गरी स्वदेश ल्याउने प्रमुख उद्देश्यले प्रहरी सहचारी राख्न खोजिएको बताइएको छ । 

हाल छिमेकी भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा मात्र प्रहरी सहचारी कार्यरत रहेका छन् । त्यहाँ प्रहरी वरिष्ठ उपरीक्षकको दरवन्दी रहेको छ । खाडीका तीन मुलुक र मलेसिया बाहेक प्रहरीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय डिपमार्टमेन्ट अफ पिस किपिङ अपरेन्सस,  बंगलादेश र चीनमा सहचारी राख्न प्रस्ताव गरिएको प्रवक्ता कुँवरको भनाइ छ ।

पछिल्ला दिनमा मानव तस्करीमा रहेकाहरू यूएईलगायतका देशमा लुकिछिपी बस्ने गरेका छन् । नेपालमा लामो समय जेल सजाय र ठूलो परिमाणमा हुनसक्ने जरिवानाबाट बच्न खाडीका विभित्र मुलुकमा बसेका गिरोहलाई प्रहरी सहचारी स्थापना भएमा पक्राउ गर्न सजिलो हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन