१ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोप

१५ पुष २०७८, बिहीबार १०:२२

पुस १५, काठमाडौँ | दाङमा वैदेशिक रोजगारीमा जानेलाई लक्ष गरेर कोरोनाविरुद्धको खोप लगाइने भएको छ । हरेक हप्ताको तीन दिन तीन ठाउँबाट खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिनुभयो ।हरेक हप्ताको सोमबार घोराहीस्थित स्वास्थ्य कार्यालयबाट, हरेक बुधबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट  र हरेक शुक्रबार देउखुरीस्थित सिसहनिया स्वास्थ्य चौकीबाट खोप लगाइने भएको छ ।

बुधबार बसेको कोभिड–१९ खोप समन्वय समिति र अनुगमन समितिको बैठकले वैदेशिक रोजगारीमा जाने वा अन्य कुनै उद्देश्यले विदेश जान लागेकालाई खोप लगाउने निर्णय गरिएको कार्यालयका प्रमुख शाहीले बताउनुभयो । तीन ठाउँबाट कोरोनाविरुद्धको जोनसोन खोप लगाइनेछ । दाङमा तीन लाख ३० हजार ७४१ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । 

घोराही उपमहानगरपालिकाले १८ वर्षमाथि उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्राको भेरोसेल खोप लगाउँदै छ । पहिलो मात्रा लगाउन छुटेकालाई पनि खोप लगाइने भएको छ । यसअघि खोप लगाएका १८ वर्ष माथिकालाई दोस्रो मात्रा र नलगाएकालाई पहिलो खोप लगाउने निर्णय गरिएको हो । पालिकाभित्रका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट  खोप लगाउने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुुभयो । अठतीस हजार ५०९ डोज खोप स्वास्थ्य कार्यालयबाट प्राप्त भएको उहाँको भनाइ थियो । वडा तथा स्वास्थ्य संस्थाले पनि भूगोलअनुसार पायकपर्ने ठाउँमा खोप केन्द्र खेलेका छन् । उपमहानगरपालिकामा अहिलेसम्म एक लाख १० हजार ८१५ जनाले पहिलो डोज र ५० हजार ४९१ जनाले दुुवै डोज खोप लगाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम : पहाडी भू–भागका एक/दुई स्थानमा वर्षाको सम्भावना राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादप्रति आक्रोश छ : प्रचण्ड निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल अर्याल एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने, सिद्धार्थ बैंक टाइटल स्पोन्सर आफ्नै पार्टीका मन्त्री तामाङ विरुद्द महामन्त्री शर्माले उठाए प्रश्न अजरवैजानमा आवश्यक भन्दा बढी कर्मचारी पठाएकोमा प्रधानमन्त्रीको आपत्ति रविलाई ल्याउँदा कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ प्रधानमन्त्री पद छाड्दा कम्फर्टेवल र रिल्याक्स अनुभव गरेको छु : अध्यक्ष प्रचण्ड मंसिर ७ गते काठमाडौंमा एमालेको जनजागरण सभा शंखरापुरमा सवारी दुर्घटना: झाँक्री प्रकाश भुजेलको लाइसेन्स भेटियो विश्वकपमा पुगेको यू–१९ महिला टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजको संयुक्त १० लाख पुरस्कार अधिकांश बैंकले घटाए ब्याजदर : कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज? महानायक भनेर सम्बोधन गरे फेसबुकमा ब्लक गर्ने दीपकराज गिरीको चेतावनी नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं रविलाई जहाजमार्फत पूनः पोखरा ल्याइदै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात नेताहरुले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन गौशालामा महानगर प्रहरी र स्थानीयबीच तनाव सोमपाल कै नेतृत्वमा एनपीएलमा खेल्दै शिखर धवन