Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चद्वारा उम्मेद्वार सार्वजनिक

By kit 7 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस १६, काठमाडौँ | प्रमुख  प्रतिपक्षी  नेकपा  एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनको लागि केही  प्रमुख  पदमा  उम्मेदवारको  टुंगो लगाएको छ ।

मञ्चले अध्यक्ष र  महासचिवसहित  केही  प्रमुख  पदमा उम्मेदवारको टुंगो लगाएको हो  । मञ्चका  महासचिव  डिक  बहादुर खत्री ‘कुमार’का अनुसार मञ्चका पूर्व अध्यक्ष एवं संघका प्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीको  नेतृत्वमा  निर्वाचनमा  प्रतिश्पर्धा गर्ने निर्णय गरेको छ । महासचिव  खत्रीका  अनुसार  प्रथम  उपाध्यक्षमा  पूर्व द्वितीय  उपाध्यक्ष  मुक्तिनाथ  अधिकारी,  तृतीय  उपाध्यक्षमा  तेजुमाया  लिम्बू, महासचिवमा खत्री आफै र सदस्यहरूमा देव लिम्बू र  माधव भुर्तेल  उम्मेदवार  बन्ने  निर्णय  गरिएको छ ।

मञ्चले    सकेसम्म  सहमति  र  तालमेलको  नीतिलाई  पनि  उच्च  प्राथिमकतामा  राखेको  बताउँदै महासचिव खत्रीले त्यसका लागि  पूर्व  अध्यक्ष  तथा  संघका  पूर्व  महासचिव  नरेश  गेलालको  संयोजकत्वमा  विभिन्न  जातीय,  भेगीय  राजनीतिक  दल  निकटका  संघसंस्थासंग  वार्ता  गर्न  समिति  पनि बनाएको छ ।

महासचिव  खत्रीले  केही  पदमा  उम्मेदवारी  घोषणा  गरे  पनि  मञ्च  शक्ति  सन्तुलनको  आधारमा सहमतिले संघको नेतृत्व र कार्यसमिति चयन गर्नुपर्ने मान्यतामा रहेको बताए । सहमतिको  पहल  गर्ने  पक्षलाई  कमजोरीको  रूपमा  हेर्ने र बुझ्ने  गलत अभ्यास भएका  कारणले  सहमतिको  विषयलाई  नजरअन्दाज  गर्ने  गरेको भन्दै महासचिव खत्रीले २०६९÷०७० पछि वैदेशिक रोजगारमा  उत्पन्न    संकट  समाधान  गर्नुपर्ने  हालको  अवस्थामा सहमतिको नेतृत्व आम  व्यवसायीको  चाहना  रहेको बताए ।

मञ्चले बरिष्ठ उपाध्यक्ष गोविन्द  कटुवालको  संयोजकत्वमा  आर्थिक  समिति  गठन  गरेकोे  छ  भने  प्रचार  प्रसार  समितिको  नेतृत्व  महासचिव  खत्रीले  नै  गरिरहेका  छन्  ।  उनले  निर्वाचन  परिचालन  मुल  व्यवस्थापन  समिति  र  उमेदवार छनौट समिति केही दिनभित्रै  सार्वजनिक  गरिने  समेत जानकारी दिए । संघको साधारणसभा  पुस  ३०  गते  गर्ने  संघले  निर्णय  गरिसकेको  छ  । निर्वाचन  समितिले  पुस  १७  गते  मतदाता  नामावली  सार्वजनिक गर्ने कार्यतालिका बनाएको  छ  ।

संघले  पुस  २०  भित्र  प्रतिनिधि  पठाउन  र  लेबी  बुझाउन  विभिन्न  संस्थाहरूले आग्रह गरिरहेका छन्  ।  निर्वाचन  समितिका  सदस्य सचिव संघका कानुनी सल्लाहकार  शंम्भु  निरौलाले  तोकिएको  मिति  भन्दा  पछि  आउने  प्रतिनिधिले  चुनावमा  मतदान गर्न नपाउने बताउँदै आएका छन् ।