2026-09-04 08:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जाने परे पहिलो प्राथमिकतामा, ३२ हजार बालबालिकालाई मोडर्ना खोप

पुस १६, काठमाडौँ | तनहुँमा ३२ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो । 

दश  पालिकाका ३२ हजार ८४४ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । तनहुँमा ३७ हजार बालबालिकालाई उक्त खोप लगाउने लक्ष्य रहेपनि लक्ष्यको ८९ प्रतिशतले मात्र खोप लगाएका छन् । खोप लगाउनेमध्ये १६ हजार ६६३ छात्रा र १६ हजार १८१ छात्र छन् । 

भानुमा चार हजार ७५७, व्यासमा आठ हजार ९१३, शुक्लागण्डकीमा पाँच हजार ६१९ र भिमाद नगरपालिकामा दुई हजार ८१२ बालबालिकाले खोप लगाएका हुन् । 

यसैगरी म्याग्देमा एक हजार ४६४, घिरिङमा एक हजार २५३, ऋषिङमा दुई हजार ७७, देवघाटमा एक हजार ५३४, बन्दीपुरमा एक हजार ८९० र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ५२५ बालबालिकाले खोप लगाएका जनाइएको छ ।

पूरा खोप पाउनेको सङ्ख्या एक लाख

जिल्लामा एक लाख सात हजार ६३५ जनाले पूरा मात्रा खोप लगाएका छन् । पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या एक लाख ८३ हजार १९० रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । भानुका १३ हजार ५७, व्यासका २८ हजार ६५६, शुक्लागण्डकीका १५ हजार २१९ र भिमादका आठ हजार ९३१ ले पूरा मात्रा खोप लगाएका छन् । म्याग्देका छ हजार ८२, घिरिङका छ हजार तीन सय ७०, ऋषिङका पाँच हजार ३९६, देवघाटका छ हजार ५४३, बन्दीपुरका नौ हजार १८२ र आँबुखैरेनीका आठ हजार १९९ ले पूरा मात्रा खोप लगाएका छन् । 

पहिलो मात्रा लगाउने भानुमा २५ हजार ४५५, व्यासमा ४३ हजार ३२७, शुक्लागण्डकीमा ३५ हजार ३०३, भिमादमा १६ हजार ७६, म्याग्देमा १३ हजार १६८, घिरिङमा सात हजार ५१९, ऋषिङमा नौ हजार ४८०, देवघाटमा नौ हजार २७०, बन्दीपुरमा १० हजार ३९५ र आँबुखैरेनीमा १३ हजार १९७ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

तनहुँमा बिहीबारसम्म कोभिड–१९ सक्रिय सङ्क्रमित छ जना मात्रै छन् । भानुमा एक, व्यासमा चार र बन्दीपुरमा एक जना कोरोना सङ्क्रमित छन् । शुक्लागण्डकी, भिमाद, म्याग्दे, घिरिङ, ऋषिङ, देवघाट र आँबुखैरेनी कोरोनामुक्त भएका छन् । 

विदेश जानेलाई खोप

व्यास नगरपालिकाले विदेश जानेलाई खोपको व्यवस्था मिलाउने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेश जान लागेकालाई नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउन लागेको हो । 

राहदानीका आधारमा उनीहरुलाई जोन्सन खोप लगाइने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यास नगरपालिकाको कार्यालयमा पुस १६, १८ र १९ गते खोप लगाइने छ ।

यसैगरी हालसम्म एकपटक पनि खोप नलगाएका १८ वर्षमाथिका नागरिकलाई पनि खोप दिइने भएको छ । नगरपालिकाले विभिन्न चरणमा सर्वसाधारणलाई खोप लगाउँदै आएको छ । अहिले विद्यालयमै ११ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई मोडर्ना खोप लगाइएको छ । 

यसैगरी म्याग्दे गाउँपालिकाले पुस १६ गतेदेखि २० गतेसम्म यसअघिको अभियानमा खोप नलगाएका १८ वर्ष र सोभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीका अनुसार ती नागरिकलाई जोनसोन खोप लगाइनेछ । यस्तै भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिको अभियानमा दोस्रो मात्रा भेरोसेल खोप लिन छुट भएका नागरिकलाई दोस्रो मात्राको खोप लगाइने उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ