२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य वृद्धि, ९२ मुलुकमा नेपाली कामदार उडे !

१७ पुष २०७८, शनिबार ०७:३३

पुस १७, काठमाडौँ | वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । कार्तिक महिनाको तुलनामा मंसिर महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको संख्या बढेको पाइएको हो । वैदेशिक रोजगार विभागले तयार पारेको मासिक  प्रतिवेदन अनुसार मंसिर महिनामा संस्थागत तथा व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा वृद्धि भएको छ । 

कार्तिक  महिनामा म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना कामदारले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएकोमा मंसिर महिनामा त्यो संख्या बढेर ३१ हजार ३१ पुगेको छ ।

असोज महिनामा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना कामदारले वैदेशिक रोजगारमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । मंसिर महिनामा व्यक्तिगत प्रयासमा नयाँ  २ हजार २३ जनाले वैदेशिक  रोजगारीका लागि श्रम स्वीकृति  लिएका छन् ।

वैधानिक माध्यमबाट १ हजार ४ सय  ४ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट ३९ हजार ८ सय ७७ जना गरि समग्रमा मंसिर  महिनामा  ६९ हजार ४  सय ४३ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । विभागको प्रगति विवरण अनुसार मंसिर महिनामा ६ सय ५४ मध्ये ६ सय १४ म्यानपावर कम्पनीले कामदार पठाएका छन् । 

मंसिर महिनामा विश्वका ९२ मुलुकमा नेपाली कामदार गएकोमा म्यानपावर कम्पनीको तर्फबाट जम्मा १२ मुलुकमा कामदार गएका छन् । त्यसमा सबैभन्दा बढी साउदी अरबमा  १६ हजार  २ सय ३८ जनाको श्रम स्वीकृति भएको  छ । 

साउदी अरब पछि अघिल्लो महिना जस्तै कतार जानेको श्रम स्वीकृति भएको छ ।  कतार जान ६ हजार ६ सय ७९ जनाले श्रम स्वीकृति लिएका छन् । कयुएई जान मंसिरमा ५ हजार  ५ सय ८१ जनाले श्रम स्वीकृति लिएका छन् ।

मलेसियामा संस्थागत रूपमा एक जनाको पनि श्रम स्वीकृति भएको छैन भने व्यक्तिगत रूपमा जम्मा एक जनाको श्रम स्वीकृति भएको छ । अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम मंसिरमा पनि देखिएको छ । रोमानियाका लागि ३ सय  जनाको श्रम स्वीकृति भएको छ । ओमनका लागि ३ सय ४१ जना, कुवेतमा ६ सय २१ जना, माल्दिप्समा ३ जना जोर्डनमा ४० जना,साईप्रसमा २ सय ९१ जना,बहराइनमा ९ सय २६ जना, बेलायतको लागि ३ जनाले संस्थागत अर्थात् म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो