९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेबनानद्वारा नेपाली कामदारमाथि प्रतिबन्ध (यस्तो छ कारण)

७ भाद्र २०७३, मंगलवार ०६:५६

भदौ ७, काठमाडौं । लेबनानले कानुनी समस्या देखाउँदै नेपाली कामदार लिन प्रतिबन्ध लगाएको छ । नेपाल सरकारले विदेशिने घरेलु कामदारका लागि ल्याएको नयाँ निर्देशिकाप्रति असन्तुष्टी जनाउँदै लेबनानले नेपाली कामदर लिन बन्द गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालयले घरेलु कामदारका लागि विभिन्न अनिवार्य रुपमा शर्तहरु राख्दै ल्याएको निर्देशिका आफ्नो श्रम कानुनसँग बाझिएको भन्दै लेबनानले नेपाली कामदार लिन प्रतिबन्ध जारी गरेको हो ।

लेबनानको श्रम मन्त्रालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै कामदार मगाउने रिक्रुटमेन्ट कम्पनीले १० हजार डलर एकमुष्ट धरौटी राख्नुपर्ने र १० जना बढी कामदारका लागि जनही १ हजार डलर धरौटी थप्नुपर्नेसहित थुप्रै सुविधा लेबनानको श्रम कानुनले सम्बोधन नगर्ने भन्दै नेपाली कामदार तत्कालका लागि नलिने जनाएको हो ।

यसबारे लेबनान मामला हेर्ने इजिप्टको कायरोस्थित नेपाली नियोगसँग परामर्श गरिएको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ । लेबनानमा अधिाकंश नेपाली महिला घरेलु कामदार जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा