सन्तोषकुमार गुप्ता । भदौ ७, दाङ । राप्ती अञ्चलको सदरमुकाम दाङको तुलसीपुरमा एउटा नयाँ अभिया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । भदौ ७, दाङ । राप्ती अञ्चलको सदरमुकाम दाङको तुलसीपुरमा एउटा नयाँ अभिया"/>

३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजदेखि क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर अभियान शुरु (फोटो फिचर)

७ भाद्र २०७३, मंगलवार ०७:२५


सन्तोषकुमार गुप्ता । भदौ ७, दाङ । राप्ती अञ्चलको सदरमुकाम दाङको तुलसीपुरमा एउटा नयाँ अभियान शुरु भएको छ । उद्योगी, व्यपारीहरुको छाता संगठन तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर अभियान आज मंगलबार देखि सुरु भएको छ । महिनौं सम्म सञ्चालन हुने भनिएको अभियान तुलसीपुरको अरनीको मैदानवाट सुरु गरिएको हो । यो अभियान सरकारका पूर्व मुख्य सचिव तथा बागमती सरसफाई अभियानका अभियान्ता लिलामणि पौडेलले नगरवासीलाई सामुहिक रुपमा सफल खुवाएर अभियानको सुरुवात तथा उद्घाटन गरेका हुन ।

राप्ती अञ्चलको सदरमुकाम समेत रहेको तुलसीपुर बजारलाई सफा, सुन्दर र हरित नगरका रुपमा विकास गर्नका लागि अभियान सुरु गरिएको छ । अभियान सञ्चालनका लागि तुलसीपुर उद्योग वाणिज्य संघले सम्पूर्ण व्यवस्थापन गर्ने र साझेदार निकाय तुलसीपुर नगरपालिकाले सम्पूर्ण स्रोत साधनको पहिचान गर्ने सहमति समेत गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले बताउनुभयो । अभियानपश्चात् तुलसीपुर बजारको मुहारमा आमुल परिवर्तन हुने अपेक्षा राखिएको छ । राप्तीकै सम्भावना बोकेको तुलसीपुर सहरलाई स्वच्छ, सफा र सुन्दर बनाउने अभियानमा तुलसीपुरका उद्योगी, व्यवसायी, सरकारी गैसरकारी निकाय, नगरपालिकाअन्तर्गतका सम्पूर्ण सञ्जाल तथा टोलविकास संस्था र नागरिक समाजले अभियानमा सहयोग गर्नेछन् । सहरको विकास र समृद्धिका लागि सरसफाई अनिवार्य भएको ठहर गर्दै नगरपालिका क्षेत्रभित्रका विभिन्न टोलको सरसफाई मात्र नभई पर्यटकिय सम्पदाको संरक्षण, ऐतिहासिक स्थानहरुको विकास र संरक्षण, औद्योगिक, सामाजिक, धार्मिक र आर्थिक विकासलाई सरसफाईसँग जोडेर अभियान सुरु गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष रिजालले जानकारी दिनुभयो । नगरपालिकाको फोहोर, ट्राफिक र बजार समेत व्यवस्थित गर्ने हुने अध्यक्ष रिजालले बताउनुभयो । यस्तै नगरपालिकामा प्लाष्टिक र प्रदुषण राकिने, आन्तरिक र बाह्य पर्यटकहरुको आगमनमा बृद्धि हुने र अन्य नगरपालिकालाई समेत सिक्ने वातावरण बनाउने गरी अभियान सुरु गरिएको साझेदार निकायहरुले बताएका छन् ।

अभियानमा सयौं नगरवासी सहभागी थिए । दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, तुलसलीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेम वली, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाँई, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत तुलसीपुर क्षेत्रका दर्जनौं संघसंस्था र टोलविकास सस्थाहरुको अभियानमा सहभागिता थियो । अभियानको सुरुवात पूर्व राष्ट्रिय गान र स्वदेश गानहरु बजाईको थियो । अभियान निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने सहभागिहरुले बताएका थिए । कार्यक्रम तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको अध्यक्षतामा भएको हो । कार्यक्रममा सहजीकरण संघका महासचिव नेत्र वलीले गरेका थिए ।

के—के हुन्छ अभियानमा ?

अभियानअन्तर्गत सरसफाई सम्बन्धी चेतनामुलक होडिङ बोर्डहरु राखिने भएको छ । नगरपालिका क्षेत्रभित्र रहेका २० वटै वडाका चौक चौकमा आयोजक, सहभागी संघसंस्थाहरु, टोल विकास संस्थाहरुले अनिवार्य सरसफाई सम्बन्धी होडिङ बोर्ड राख्ने व्यवस्था मिलाइएको छ । अभियानअन्तर्गत साझेदार निकायहरु होर्डिङ बोर्ड, अभियन्ताहरुका लागि युनिफर्म र अन्य कार्यहरुका लागि पनि सहयोग लिन सकिने तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बताउनुभयो ।


त्यस्तै अभियान संघ सम्बन्धित सञ्चारगृहहरुबाट सुचना र समाधार प्रसारण गरिने, अभियानमा सक्रिय रुपमा सहभागी हुने उत्कृष्ट व्यक्ति, टोल विकास संस्था, संघसंस्था, सञ्चार गृहहरुलाई पुरस्कृत एवं सम्मान गरिने उहाँले बताउनुभयो । अभियानकै क्रममा सडक आसपासमा अव्यवस्थित रुपमा राखिएका होडिङ बोर्ड, व्यानर, पोष्टर र वालपेन्टिङ हटाएर व्यवस्थित गर्ने, सरसफाई कार्यक्रमसँगै बजार व्यवस्थापन, पार्किङ व्यवस्थापन, वातावरण समेतलाई मध्यनगर गरेर कार्यक्रम सञ्चालन गरिने भएको छ । यसैगरी अभियानमा नगरपालिकाका प्रत्येक घरधनी तथा पसल सञ्चालकहरुले डष्टविन राखेर सड्ने र नसड्ने फोहर अलगअलग व्यवस्थापन गर्ने, प्रत्येक घर अगाडि दुई दुईवटा बिरुवा अनिवार्य रोप्ने व्यवस्था मिलाउने, जग्गाको अभाव भएमा गमलामा भए पनि वृक्ष हुर्काउने व्यवस्था मिलाइने नगरपालिकाका कार्यकारी अधिकृत केसीले बताउनुभयो ।

त्यसैगरी प्रत्येक टोल विकास संस्थाले अनिवार्य रुपमा सडक वत्तीको व्यवस्था गर्ने, तोकिएको स्थान भन्दा अनेत्र निर्माण सामग्री राख्न, गाडीहरु पार्किङ गर्न व्यापार व्यवसाय गर्न र रिक्सा ठेलाहरु राख्न नपाइने व्यवस्था लागु गर्न नपाइने, जथाभावि रुपमा होडिङबोर्ड, पेन्टिङ, र पोष्टरिङ गर्न नपाइने र नियम पालना नगर्नेहरुलाई जरिवाना, कार्बाही र स्थानीय निकायहरुबाट प्राप्त गर्ने सेवा सुविधाबाट समेत बन्चित गर्न सकिने व्यवस्था मिलाइने कार्यकारी अधिकृत केसीले जानकारी दिनुभयो ।

के छन् चुनौती ?

राप्तीकै आर्थिक गतिविधिको ट्रान्जिट पोइन्टका रुपमा रहेको तुलसीपुर सहरलाई सफा र हरियाली बनाउने अभियान सुरु भए पनि अभियानलाई प्रभावित पार्ने धेरै चुनौतीहरु साझेदार निकायहरुले पहिचान गरेका छन् । सरसफाईसँग प्रमुख रुपमा जोडिएको नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने स्थान डम्पिङ साइड नहुँदा नगरपालिकाले पटक–पटक समस्या भोग्दै आएको छ । अहिले पनि नगरपालिकाले अस्थायी रुपमा डम्पिङ साइड निर्माण गरेर फोहोर व्यवस्थापन गर्दै आएको छ । यस्तै नगरपालिकाको सबै क्षेत्रमा शुद्ध खानेपानीको व्यवस्था भएको छैन । सहरकै मुख्य सडकमा व्यवस्थित नालाको निर्माण भएको छैन भने सामान्य रुपमा रहेका नालाहरुको नियमित सरसफाई समेत हुन सकेको देखिदैन । त्यसैगरी सडक पेटीमा हुँदै आएको फुटपाथ पसलहरु व्यवस्थित गर्ने, सार्वजनिक शौचालयहरुको अभाव, अव्यवस्थित बस्ती, सार्वजनिक सम्पत्तीको अतिक्रमणलगायतका चुनौतीहरु रहेका छन्, भने विद्युत र टेलिफोन लाइनको व्यवस्थापन गर्न पनि समस्या हुने उद्योग वाणिज्य संघका अध्यक्ष रिजालले बताए ।

फोहर गर्नेलाई कारवाही गर्न सरकारका पूर्व मुख्य सचिव पौडेलको निर्देशन

सरकारका पूर्व मुख्य सचिव तथा बागमती सरसफाई अभियानका अभियान्ता लिलामणि पौडैलले आफनो पसल र घर अगाडिको फोहर व्यवस्थापन नगर्नेहरुलाई कारवाहीगर्न सरोकारवालाहरुलाई चेतावनी दिएका छन् । क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर अभियान उद्घाटनका लागि दाङको तुलसीपुर आएका उनले मंगलवार विहान अभिायन उद्घाटनपछि फोहर संकलनगर्दै जाँदा प्रत्येक पसलहरुमा छिरेर पसल सञ्चालकहरुलाई आफ्नो पसल वा घर अगाडिको फोहर व्यवस्थापन आफैगर्न आग्रह गरेका हुन ।

उनले पसल सञ्चालक र घरधनिहरुलाई भनेका थिए ‘ तपाँईको घर अडाडिको फोहर सफा गर्न कोही आँदैन , त्यो तपाईले नै गर्ने हो ।’ उनले हरेक पसल सञ्चालक र घरधनिहरुलाई अभियानमा अनिवार्य रुपमा एकजना पठाउन आग्रह समेत गरेका थिए । बागमती सरसफाईका अभियान्ता पौडलेले त्यत्तिमात्रै भनेनन् , उनले घरअगाडिको फोहर व्यवस्थापन नगर्ने र मनपरीगर्नेलाई १५ हजार जरिवाना र एक महिना जेल हाल्न संगै रहेका प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले र तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र कार्कीलाई निर्देशनपनि दिएका थिए । उनले बजार क्षेत्रमा सडक खण्ड छोपेर गरिएका व्यापार तत्काल हटाउन निर्देशन दिँदै त्यस्तालाई कारवाही गर्न पनि सरोकारवालाहरुलाई आग्रह गरेका थिए । पुरानो विरेन्द्र चोकको मुख्य सडकमै ठूलो भ्वाङ देखिपछि उनले त्यसलाई तत्काल छोपेर राख्न वा मर्मत गर्न आग्रह पनि गरेका थिए ।मंगलावार देखि सुरु भएको क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर अभियानको पूर्व मुख्य सचिव एवं बागमती सरसफाई अभियानका अभियान्ता पौडेले नगरवासीलाई सामुहिक रुपमा सफल खुवाएर अभियानको सुरुवात गरेका हुन । अभियानमा सयौं नगरवासी सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो