पुस १९,हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन रैथानेबाली प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । 

पछिल्लो समय गाउँपालिकाका विभिन्न स्थान आन्तरिक पर्यटकको गन्तव्य बनेसँगै पर्यट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९,हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन रैथानेबाली प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । 

पछिल्लो समय गाउँपालिकाका विभिन्न स्थान आन्तरिक पर्यटकको गन्तव्य बनेसँगै पर्यट"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मकवानपुरमा रैथानेबाली प्रवद्र्धन कार्यक्रम सुरु

२१ पुष २०७८, बुधबार ०८:१२

पुस १९,हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन रैथानेबाली प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । 

पछिल्लो समय गाउँपालिकाका विभिन्न स्थान आन्तरिक पर्यटकको गन्तव्य बनेसँगै पर्यटनलाई कृिषसँग जोड्दै कार्यक्रम ल्याइएको जनाइएको छ । गाउँपालिकाको कार्यालयले पालिकाभित्र सञ्चालित होटल, घरवास (होमस्टे), रेष्टुरेन्ट तथा खाजाघरका सञ्चालकलाई कोदो र फापरको परिकार बनाउनको लागि तालिम दिन सुरु गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम सङ्घीय सशर्ततर्फ ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’ कार्यान्वयनमा ल्याएको हो । प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले पालिकालाई दूध, तरकारी तथा अन्नबालीमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि गाउँपालिकाले गाउँपालिकामा रहेको सहकारीमार्फत किसानको कृषि उपज( तरकारी तथा फलफूल ) सङ्कलन र बजारीकरणको सुरुआत गरेकोे छ । यसको साथै गाउँपालिकाले किसान क्रेडिटकार्डलगायतका विभिन्न नमूना कार्यक्रम कार्यान्वयनमा  ल्याएको छ । 

सहकारीमार्फत अनाज खरिदबिक्रीको कार्य गत आर्थिक वर्ष २०७७÷७८ बाटै सुरुवात गरिएकोमा चालू आब मा तरकारी तथा फलफूलमासमेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम सुरु गरिएको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । यस कार्यक्रमले स्थानीय किसानलाई खेती गर्न हौसला मिलेको उहाँको भनाइ  छ । 

गाउँपालिकाभरिमा यसवर्ष अनाज, तरकारी तथा फलफूल बजारीकरणका लागि सात वटा सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले सङ्कलन र बजारीकरणको काम थालिसकेका छन् । रैथानेबाली प्रवद्र्धन कार्यक्रम अन्तर्गतको तालिममा सहभागिताका लागि गाउँपालिकाले किसानलाईआग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ