व्यवसायीबीच आपसी सहकार्य नै वैदेशिक रोजगारमा सहजताको बाटो

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस २२, काठमाडौँ | व्यवसायीबीच आपसी सहकार्य नै वैदेशिक रोजगारमा सहजताको बाटो भएको व्यवसायीहरुले बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिमा आवद्ध व्यवसायीहरूले आपसी एकता र सहकार्यलाई बलियो बनाएर लैजाने प्रतिवद्धता जनाएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा र निर्वाचनको पूर्वसन्ध्यामा समितिले बुधबार साँझ गरेको भेलामा सहभागीहरूले व्यवसायीहरू बीचका आपसी सम्बन्ध बलियो गराउनुपर्नेमा जोड दिँदै संघको आगामी निर्वाचनमा सहमति नभई चुनाव भएमा समाजमा आवद्ध व्यवसायीलाई सकेसम्म धेरै उम्मेदवार बनाउने तर एउटै पदमा प्रतिस्पर्धा नगरी जानुपर्ने सुझाव राखेका थिए ।

भेलालाई समिति अध्यक्ष हरि बहादुर पाण्डे क्षेत्री, महासचिव तारानाथ अर्याल, उपमहासचिव हरिश कुँवर, सल्लाहकार पदमराज पौड्याललगायतका व्यवसायीले सम्बोधन गरेका थिए ।

भेलाले साउदीस्थित दूतावासमा भिसा स्ट्याम्पिङमा व्यवसायीहरूलाई घामपानीमा खुला आकाश मुनि उभ्याइने गरेकोे भन्दै संघमार्फत नभए समितिकामार्फत समाधान खोज्नुपर्ने निष्कर्षसमेत निकालेको छ ।

विगतमा तिनजुरे पहिरो पीडित, महाभूकम्प पीडित र बाढी पहिरोबाट विस्थापितलाई सहयोग तथा पटकपटक रक्तदान कार्यक्रम गरेकोे स्मरण गर्दै समाजले संघको साधारणसभा पछि सामाजिक उत्तरदायित्वका कार्यक्रम अघि बढाउने बताएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply