Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जना विरुद्द कारबाही !

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २५, काठमाडौँ | कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जना कारबाहीमा परेका छन् । पछिल्लो समय कोरोना संक्रमण बढदै गएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु विरुद्धको कारबाहीलाई तीव्रता दिएको छ। स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ८९८ जनालाई कारबाही गरिएको जनाएको छ।

जसअन्तर्गत मास्क नलगाएकोमा ५ सय ९५ जना, सुरक्षित शारीरिक दूरी कायम नगरेको २७० र मोबाइलमा एहतेराज एप इन्स्टल नगरेकोमा ३३ जनालाई मुद्दा चलाइएको मन्त्रालयले जनाएको छ। भाइरस संक्रमण बढेसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाइ गरिरहेको छ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ। अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारी बिरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन चेतावनी दिइरहेको छ।