2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगित

पुस २८, काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा तथा निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित भएको छ । संघको नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने सहमति बिपरित क्रियाकलाप भएको र कोरोना महामारीको कारणलाई देखाउदै निर्वाचनको प्रकृया स्थागित गरिएको एक सूचनामा भनिएको छ ।

संघका अध्यक्ष कमल तामाङद्वारा जारी सूचनामा 'नेपाल वैदेशिक रोजगार व्यावसायी संघको २९ औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन प्रक्रियालाई सहज बनाउने उदेश्यले संघका कार्यवाहक अध्यक्षको संयोजकत्वमा भएको संयुक्त वैठकको निर्णय विपरित उम्मेदवार मनोनयन गरि सहमतिलाई लत्याउने कार्य भएको र सो सहमति कार्यान्वयन गर्न पटक-पटक समय थप गरि गरिएको प्रयास असफल भएको' उल्लेख छ । साथै उक्त सूचनामा पछिल्लो पटक सरकारले कोरोना महामारीको सम्बन्धमा अगरेको निर्णय अनुसार सार्वजनिक स्थानमा २५ जना भन्दा बढी जम्मा भई भेला, गोष्टि, सभा गर्न रोक लगाएको कारण संघको साधारणसभा तथा निर्वाचनको सम्पूर्ण प्रक्रिया अनिश्चित  कालको लागि स्थगित भएको स्पष्टिकरण दिईएको छ ।

संघको पूर्व सहमतिअनुसार नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य पाउने सहमति भएको थियो । त्यस्तै एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले प्रथम उपाध्यक्ष, तीनजना सदस्य र एकजना सल्लाहकार पाउने सहमति भएको थियो । त्यस्तै एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले महासचिव, तीनजना सदस्य र एकजना सल्लाहकार पाउने सहमति भएको थियो भने माओवादी केन्द्र निकटको नेपाल गणतन्त्रान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले द्वितीय उपाध्यक्ष, तीन जना सदस्य र एक जना सल्लहकार पाउने सहमति भएको थियो । त्यस्तै  समाजवादी फोरम निकट संघले तृतीय उपाध्यक्ष, एक जना सदस्य र एक जना सल्लाहकार पाउने सहमति भएको थियो ।

तर, संघको निर्वाचन प्रक्रिया शुरु भएपछि सहमति बिपरित उम्मेदवार उठ्न थाले । माओवादी केन्द्र समर्थित मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद भान्तनाले संघको अध्यक्षमा दावेदारी दिए भने सचिवमा केशव न्यौपानेको उम्मेद्वारी पर्यो  । कांग्रेसका ४ जनाले सदस्यको लागि उम्मेद्वारी दिएर सहमतिको कुरा आएपछि उम्मेदवारी फिर्ता लिए तर मंचका निवर्तमान अध्यक्ष रामप्रसाद भान्तनाले संघको अध्यक्षको उम्मेद्वारी फिर्ता नलिएपछि निर्वाचन समितिले फेरी निश्चित समय दियो तर पनि उम्मेद्वारी फिर्ता नभएपछि निर्वाचन समिति भंग गरियो ।

सहमतिबाटै संघको नयाँ नेतृत्व चयनको प्रयास विफल भएकोले निर्वाचनमै गएर व्यवसायीहरुले मतदान गरेर नेतृत्व चयन गर्नु पर्ने बाध्यता आएपछि कोरोनाको कारण देखाई संघको साधारणसभा तथा निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित भएको जानकारी संघले गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक