२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारबाट अहिले नेपाल आउँदा के-के छ नियम ? सिधै घर जान पाइन्छ ?

२८ पुष २०७८, बुधबार १६:३७

पुस २८, काठमाडौँ | लाखौँ नेपाली  युवा वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा छन् । कोरोना संक्रमण को तेश्रो लहर सुरु भएसँगै वैदेशिक रोजगारको क्रममा रहेका नेपालीहरुलाई नेपाल फिर्ता हुने विषय टाउको दुखाई बन्दै आएको छ । 

अध्यागमन विभागका अनुसार पूर्ण खोप लगाएको १५ दिन पुगेको र बोर्डिङपास जारी हुनु भन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षण रिर्पोट नेगेटिभ भएका नेपाली नागरिक, कुटनीतिक वा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिक समेतले घरमै १० दिन क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति पाउँछन् । तर अध्यागमनले चेक जाँचको क्रममा कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएको अवस्थामा भने सरकारले तोकेको क्वारेन्टिनमा बस्नु पर्छ ।

पूर्ण खोपको मात्र पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकहरुले नेपाल प्रवेश विन्दुमा एन्टिजेट अनिवार्य परीक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएमा संस्थागत आइसोलेसनमा पठाइने भएको छ । त्यस्तै परीक्षण रिर्पोट नेगेटिभ आएको अवस्था छ भने १० दिन घरमै क्वारेन्टिन बस्ने गरी प्रवेशको अनुमति दिइने भएको छ ।

खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका कुटनीतिक वा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा पाएका विदेशीले भने नेपाल प्रवेश विन्दुमा अनिवार्य गरिएको एन्टिजेन परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएमा संस्थागत आइसोलेसन वा सम्बन्धित कुटनीतिक नियोगको जिम्मेजारीमा होम आइसोलेसनमा पठाइने भएको छ । नेगेटिभ आएकालाई भने होम क्वारेन्टिन वा होटेल क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो