Skip to content
Friday, July 17, 2026 Nepali Online Media

वैदेशिक रोजगारबाट अहिले नेपाल आउँदा के-के छ नियम ? सिधै घर जान पाइन्छ ?

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस २८, काठमाडौँ | लाखौँ नेपाली  युवा वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा छन् । कोरोना संक्रमण को तेश्रो लहर सुरु भएसँगै वैदेशिक रोजगारको क्रममा रहेका नेपालीहरुलाई नेपाल फिर्ता हुने विषय टाउको दुखाई बन्दै आएको छ ।

अध्यागमन विभागका अनुसार पूर्ण खोप लगाएको १५ दिन पुगेको र बोर्डिङपास जारी हुनु भन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षण रिर्पोट नेगेटिभ भएका नेपाली नागरिक, कुटनीतिक वा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिक समेतले घरमै १० दिन क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति पाउँछन् । तर अध्यागमनले चेक जाँचको क्रममा कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएको अवस्थामा भने सरकारले तोकेको क्वारेन्टिनमा बस्नु पर्छ ।

पूर्ण खोपको मात्र पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकहरुले नेपाल प्रवेश विन्दुमा एन्टिजेट अनिवार्य परीक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएमा संस्थागत आइसोलेसनमा पठाइने भएको छ । त्यस्तै परीक्षण रिर्पोट नेगेटिभ आएको अवस्था छ भने १० दिन घरमै क्वारेन्टिन बस्ने गरी प्रवेशको अनुमति दिइने भएको छ ।

खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका कुटनीतिक वा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा पाएका विदेशीले भने नेपाल प्रवेश विन्दुमा अनिवार्य गरिएको एन्टिजेन परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएमा संस्थागत आइसोलेसन वा सम्बन्धित कुटनीतिक नियोगको जिम्मेजारीमा होम आइसोलेसनमा पठाइने भएको छ । नेगेटिभ आएकालाई भने होम क्वारेन्टिन वा होटेल क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइने भएको छ ।