2026-09-04 07:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रहेका नेपालीहरुलाई ठगहरुबाट बच्न दुतावासको यस्तो अनुरोध (सूचना सहित)

पुस २९, काठमाडौँ । साउदीमा रहेका नेपालीहरुलाई ठगहरुबाट बच्न भन्दै दुतावासले सूचना जारी गरेको छ । जारी सूचना अनुसार दुतावासको सहयोग र समन्वयमा साउदी बहिर्गमन भिसा प्राप्त गरेका तथा विदामा स्वदेश जान लागेका नेपालीहरुलाई हवाईजहाज टिकट काट्ने एकादुई नेपाली एजेन्टहरुले ठगेका गुनाशो दुतावासलाई प्राप्त भएको छ । 

दुतावासले सूचनामा अभानेको छ ‘बेखर्ची भएर दुतावासको सेल्टरमा बसेका, साथिभाईको सहयोगमा स्वदेश फर्किन प्रयास गरिरहेका र ट्राभल डकुमेन्ट समेत जारी भई स्वदेश जाने टिकटको लागि ट्राभल एजेन्सीमा गएका कामदारहरुलाई बिभिन्न बहानामा ठग्ने गरेको पाइएको छ ।’ ठगि गर्नेहरुले ट्राभल डकुमेन्ट खर्च, फोटोकपी खर्च, सिसिएमसीको फारम भरेको खर्च जस्ता बनावटी शिर्षकमा रकम लिने गरेको पाइएको दुतावासले जनाएको छ । दुतावासले नेपालीहरुलाई यस्ता क्रियाकलाप गर्नेहरुबाट जोगिन अनुरोध समेत गरेको छ । 

दुतावासले सूचनामा भनेको छ ‘आफूलाई समाजसेवी भन्न रुचाउने र बिभिन्न संघसंस्थामा आवद्धहरुले नै यसखाले ठगि कार्य गरिरहेको दुतावासले जनाएको छ । दुतावासले यसै सन्दर्भमा थप उल्लेख गर्दै सूचनामा भनेको छ ‘केहि तथाकथित समाजसेवीबाट यस्ता प्रकारका ठगिहरु भईदिंदा मन, बचन र कर्मले प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको सेवामा अहोरात्र खटिने अन्य वास्तविक समाजसेवीहरु प्रति ठूलो अन्याय हुन जाने र उहाँहरुले पुर्याउने योगदानको अवमूल्यन हुन जान्छ ।’ दुतावासले यस किसिमको निन्दनीय कार्य नगर्न सचेत गराएको छ । 

दुतावासले कोहिकसैले आफू ठगिएको महसुस भएमा राजदुतावास वा नजिकैको प्रहरीमा उजुरी दिन समेत साउदीमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ